हेल्थ टुडे,
काठमाडौं, १६ असोज: डेन्टल इम्प्लान्ट सम्बन्धी एक दिवसिय कार्यशाला बिहीबार राजधानीमा सम्पन्न भएको छ । नेपलिज सोसाइटी अफ इम्प्लान्ट डेन्टिस्ट्रीले आयोजना गरेको एक दिवसिय कार्यशालामा स्विट्जरल्याण्डका प्रख्यात इम्प्लान्ट विशेषज्ञ डा.डेनियल बुसेरले डेन्टल इम्प्लान्टका क्षेत्रमा भइरहेका नयाँ प्रविधिको प्रयोगका बिषयमा प्रवचन दिएका थिए ।
नेपालका लागि स्विट्जरल्याण्डका राजदूतले कार्यशालाको उद्घाटन गरेका थिए । सम्मेलनमा देश भरिका करिव २ सय भन्दा बढी दन्त चिकित्सकहरुले सहभागिता जनाएका थिए । कार्यशाला निकै फलदायी भएको नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारीले बताए । डा. डेनियल डेन्टल इम्प्लान्टका क्षेत्रमा संसारमै ख्यातिप्राप्त विशेषज्ञ मानिन्छन ।
Leave a Reply