हेल्थ टुडे,
काठमाडौ,२७ असोजः चिकित्सा शिक्षा आयोग एमबीबीएसको शुल्क निर्धारण गर्ने तयारीमा जुटेको छ । शुल्क निर्धारणको लागि आयोगका उपाध्यक्ष प्रा.डा. कृष्ण गिरीको संयोजकत्वमा गठित शुल्क निर्धारण समितिको बैठक आज (सोमबार) बस्दैछ । बैठकले यो वर्षको एमबीबीएस तहको शुल्क निर्धारण गर्ने जनाइएको छ ।
गत चैत ४ गते उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित समितिले असोज ४ गते राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष एवं प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन पेस गरेको थियो। यही असोज १६ गते बसेको समितिको बैठकले शुल्क निर्धारण गर्ने निर्णय गरेको थियो ।
प्रवेश परीक्षामा उत्तीर्ण भई भर्ना हुन प्रतीक्षामा रहेका विद्यार्थीको शुल्क नतोक्दा समस्या परेकाले आजको बैठकले शुल्क निर्धारण गर्न तयारी गरेको समितिका एक सदस्यले जानकारी दिएका छन् । समितिले शुल्क निर्धारण गरी आयोगका अध्यक्ष एवं प्रधानमन्त्रीसमक्ष पेस गर्ने छ । शुल्क निर्धारणपछि विद्यार्थी भर्ना गर्न निजी मेडिकल कलेजलाई आग्रह गरिनेछ ।
समितिमा राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) उषा झा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष मुक्तिराम श्रेष्ठ, नर्सिङ काउन्सिलका अध्यक्ष गोमा निरौला, निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसिरुद्दिन अन्सारी सदस्य रहेका छन् । उक्त समितिले आजको बैठकबाट यस वर्षको शुल्क निर्धारण गर्ने स्रोतले जनाएको छ ।
Leave a Reply