गुणराज ढुंगाना,
आधुनिक चिकित्सा क्षेत्रको प्रमुख चुनौतिको रुपमा रहेको किटाणुहरुको एन्टिवायोटिक प्रतिरोधका कारण हरेक बर्ष किटाणुको संकमणबाट मृत्यु हुने मानिसकोे संख्या वड्दै गइरहेको छ । विश्व स्वास्थ्य संगठनको प्रपेक्षण अनुसार सन् २०५० सम्ममा विश्वमा किटाणुको संकमण भएर मृत्यु हुनेको संख्या एक करोड प्रति बर्ष पुग्नेछ । यसकारण नयाँ किसिमका एन्टिवायोटिकको साथै अन्य वैकल्पिक पद्घतिहरूको खोज अनुसन्धान गर्न अति आवश्यक देखिन्छ । बिभिन्न विकल्प मध्ये ब्याक्टेरेयाफेज थेरापीे एउटा प्रबल संभावना भएको उपचार पद्घति हो । ब्याक्टेरियाफेज नामक विशाणु यस्तो निन्जा भाइरस हो जसले ब्याक्टोरियाहरुलाई नष्ट पार्ने क्षमता राख्दछ । चाहे त्यो जस्तोसुकै एन्टीवायोटिक प्रतिरोधी होस । हाम्रो प्रकृतिमा पनि यस्ता माइरसहरु करोडौको संख्यामा पाइन्छन् ।
सर्वप्रथम ब्याक्टेरियोफेजलाई सन् १९१५ र १९१७ मा दुईजना वैज्ञानिक फ्रेडरिक टोर्ट र फेलिक्स डि हेरेलले छुट्टा छुट्टै पत्ता लगाएका थिए । उनीहरुले एन्टीबायोटिक्सको आविस्कार पूर्व मानिसमा किटाणु संक्रमणको उपचारमा यस्ता ब्याक्टेरियोफेजको उपयोग गरेका थिए । दोस्रो विश्वयुद्धको समयमा शोभियत संघले आफ्ना घाइते सैनिकहरुको किटाणु संक्रमणको उपचारमा यिनै ब्याक्टोरियोफेजको प्रयोग गरेका थिए । सन् १९२८ मा अलेक्जेन्डर फेलमिङ्गले सर्वप्रथम एन्टीवायोटिकको अविस्कार गरेपछि सन् १९४० को दशक पश्चात एन्टिेरियाफेजको प्रयोग निकै कम हुदै गयो । यद्यपि केही पश्चिमी मुलुक जस्तै पोल्याण्ड, जर्जिया र रसिया जस्ता मुलुकमा भने वाक्टोरियाफेज थेरापी सुचारु भइ नै रह्यो र हालका दिनमा पनि ती मुलुकका फेजथेरापी सेन्टरहरुमा संक्रमणहरुको सफल उपचार हुँदै आएको छ ।
ब्याक्टेरेयाफेज थेरापी भनेको ब्याक्टोरिया भाइरस र यसका विभिन्न तत्वहरु जस्तै इन्डोलाइसिन इन्जाइमहरुको प्रयोगबाट किटाणु संक्रमणको उपचार गर्ने प्रविधि हो । एन्टीवायोटिकको तुलनामा वाक्टेरियाफेजको प्रयोग गर्दा विभिन्न फाइदाहरु समेत रहेका छन् ।
एन्टीवायोटिकको प्रयोगले हाम्रो शरीरको आन्तरिक सुन्तुलन विग्रने तथा अन्य अंगहरुमा साइड इफेक्ट समेत देनिसक्छ । तर फेजथेरापीमा यस्तो अवस्था हुदैन, किनकि ब्याक्टेरियाफेजले निश्चित प्रकृतिका किटाणुहरुलाई मात्र मार्दछ र अन्य अंगहरुमा साइड इफेक्ट देखाउर्दैैन । यति हुँदाहुँदै फेजथेरापीका केही अवगुणहरु पनिु हुन्छन् । जस्तै हरेक प्रजातिका किटाणुलाई निर्मुल पार्न त्यसैको निश्चित प्रजातीको ब्याक्टेरियोफेजको आवश्यकता पर्दछ । यस्ता ब्याक्टेरियफेजको खोजी गरी प्रयोगमा ल्याउन झन्झटिलो र धेरै समय लाग्ने हुन्छ । यसका लागि धेरै भन्दा धेरै ब्याक्टोरियाफेजको संकलन, विष्तृत अध्यायन तथा भण्डारण गर्नु पर्ने हुन्छ । वर्तमान समयमा किटाणुहरुको एन्टिबायोटिक प्रतिरोधीता अत्यन्तै जटिल र गम्भिर अवस्थामा आइसकेकोले अमेरिका, युरोप लगायतका देशमा ब्याक्टेरियोफेज थेरापीको अनुसन्धान कार्यको लागि ठुलो धनराशी छुट्याएका छन् । अमेरिकामा विगत दुई बर्षमा केही विरामी जो एन्टिवायोटिकले कुनै असर नगर्ने अर्थात सबै एन्टिवायोटिक प्रतिरोधी किटाणुको संक्रमणबाट मृत्युको मुखमा पुगेका थिए र उनीहरुलाई ब्याक्टेरियाफेजको प्रयोगबाट पुन जीवनदान पाएका उदाहरण समेत छन् । त्यसैले यस उपचार पद्दतिलाई आधुनिक प्रविधिको उच्चतम उपयोग गर्दै गहिरो अनुसन्धनमा विश्वका बैज्ञानिकहरु जुटेका छन् ।
नेपालमा पनि विगत चार बर्षदेखि ब्याक्टेरियाफेजको संकलन तथा विस्तृत अनुसन्धन जैविक प्रविधि केन्द्रीय विभाग त्रि.वि. किर्तिपुरमा प्रा.डा. रजनी मल्लको नेतृत्वमा भइरहेको छ । सिमित स्रोत तथा साधनका बावजुत हाल सम्म करिव ७० प्रजातिका बहु एन्टिवायोटिक प्रतिरोधी किटाणुहरु विरुद्धका ब्याक्टेरियाफेजको संकलन गरी फेज बैंक समेत स्थापना गरिएको छ । नेपाल जस्तो कम बिकसित देशमा फेजथेरापीलाई विकसित गर्नसके जटिल प्रकारका सक्रमणको उपचार खर्च न्यून हुन सक्ने तथा आफ्नै प्राकृतिके स्रोतको उपयोग गरी उपचारमा आत्मनिर्भर हुन सक्ने थियौं । फेजथेरापी सम्भव छ तर सजिलो भने छैन किनकी यसका लागि सरकारी स्तरबाट अनुसन्धानको वातावरण बनाउनु पर्दछ साथै सम्बन्धित निकायले यस क्ष्ोत्रमा दक्षता भएका बैज्ञानिक तथा चिकित्शकहरु संग आवश्यक समन्वय गरी अगाडि बढ्न जरुरी देखिन्छ ।
Leave a Reply