हेल्थ टुडे,
काठमाडौ,७ कात्तिकः चिकित्सा शिक्षा आयोगको आग्रहमा नेपाल मेडिकल काउन्सिलले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को आंगिक तथा सम्बन्धन प्राप्त मेडिकल र डेन्टल कलेजका लागि सिट निर्धारण गरेको छ । काउन्सिलको मंगलबार बसेको पूर्ण बैठकले आगामी शैक्षिक सत्रका लागि त्रिवि अन्तर्गतका कलेजको सिट तोकेको हो। काउन्सिलले यसअघि काठमाडौं विश्वविद्यालय र सम्बन्धनप्राप्त कलेज, पाटन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि कोटा तोकेको थियो ।
कसलाई कति सिट ?
चितवन मेडिकल कलेजः– एमबिबिएस १००, बिडिएस ४५
महाराजगन्ज मेडिकल कलेजः– एमबिबिएस ७९, बिडिएस २५
नेसनल मेडिकल कलेजः– एमबिबिएस १००
नेप्लिज आर्मी इन्स्ट्च्यिुट अफ साइन्सेसः– एमबिबिएस १००
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसः– एमबिबिएस ९५, बिडिएस ५०
गण्डकी मेडिकल कलेजः– एमबिबिएस ९५, बिडिएस २५
किस्ट मेडिकल कलेजः– एमबिबिएस ९०, बिडिएस, ४०
जानकी मेडिकल कलेजः–एमबिबिएस ७०
पिपुल्स डेन्टल कलेज बिडिएसः–५०
यो वर्षदेखि मेडिकल कलेजहरुको विद्यार्थी भर्ना सिट संख्या निर्धारण गर्ने जिम्मा चिकित्सा शिक्षा आयोगलाई दिएपनि आयोगमा पदाधिकारीहरुको नियुक्तमा भएको ढिलाईका कारण काउन्सिलले नै सिट संख्या निर्धारण गरेको हो ।
त्रिविबाट सम्बन्धन प्राप्त मेडिकल कलेजका लागि एमबिबिएस र बिडिएस सिट संख्या निर्धारण

Leave a Reply