• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 21st, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

के हो ब्याक्टेरियोफेज थेरापी  ?

October 14th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के हो ब्याक्टेरियोफेज थेरापी  ?

 गुणराज ढुंगाना,

आधुनिक चिकित्सा क्षेत्रको प्रमुख चुनौतिको रुपमा रहेको किटाणुहरुको एन्टिवायोटिक प्रतिरोधका कारण हरेक बर्ष किटाणुको संकमणबाट मृत्यु हुने मानिसकोे संख्या वड्दै गइरहेको छ । विश्व स्वास्थ्य संगठनको प्रपेक्षण अनुसार सन् २०५० सम्ममा विश्वमा किटाणुको संकमण भएर मृत्यु हुनेको संख्या एक करोड प्रति बर्ष पुग्नेछ । यसकारण नयाँ किसिमका एन्टिवायोटिकको साथै अन्य वैकल्पिक पद्घतिहरूको खोज अनुसन्धान गर्न अति आवश्यक देखिन्छ । बिभिन्न विकल्प मध्ये ब्याक्टेरेयाफेज थेरापीे एउटा प्रबल संभावना भएको उपचार पद्घति हो । ब्याक्टेरियाफेज नामक विशाणु यस्तो निन्जा भाइरस हो जसले ब्याक्टोरियाहरुलाई नष्ट पार्ने क्षमता राख्दछ । चाहे त्यो जस्तोसुकै एन्टीवायोटिक प्रतिरोधी होस । हाम्रो प्रकृतिमा पनि यस्ता माइरसहरु करोडौको संख्यामा पाइन्छन् ।

सर्वप्रथम ब्याक्टेरियोफेजलाई सन् १९१५ र १९१७ मा दुईजना वैज्ञानिक फ्रेडरिक टोर्ट र फेलिक्स डि हेरेलले छुट्टा छुट्टै पत्ता लगाएका थिए । उनीहरुले एन्टीबायोटिक्सको आविस्कार पूर्व मानिसमा किटाणु संक्रमणको उपचारमा यस्ता ब्याक्टेरियोफेजको उपयोग गरेका थिए । दोस्रो विश्वयुद्धको समयमा शोभियत संघले आफ्ना घाइते सैनिकहरुको किटाणु संक्रमणको उपचारमा यिनै ब्याक्टोरियोफेजको प्रयोग गरेका थिए । सन् १९२८ मा अलेक्जेन्डर फेलमिङ्गले सर्वप्रथम एन्टीवायोटिकको अविस्कार गरेपछि सन् १९४० को दशक पश्चात एन्टिेरियाफेजको प्रयोग निकै कम हुदै गयो । यद्यपि केही पश्चिमी मुलुक जस्तै पोल्याण्ड, जर्जिया र रसिया जस्ता मुलुकमा भने वाक्टोरियाफेज थेरापी सुचारु भइ नै रह्यो र हालका दिनमा पनि ती मुलुकका फेजथेरापी सेन्टरहरुमा संक्रमणहरुको सफल उपचार हुँदै आएको छ ।

ब्याक्टेरेयाफेज थेरापी भनेको ब्याक्टोरिया भाइरस र यसका विभिन्न तत्वहरु जस्तै इन्डोलाइसिन इन्जाइमहरुको प्रयोगबाट किटाणु संक्रमणको उपचार गर्ने प्रविधि हो । एन्टीवायोटिकको तुलनामा वाक्टेरियाफेजको प्रयोग गर्दा विभिन्न फाइदाहरु समेत रहेका छन् ।

एन्टीवायोटिकको प्रयोगले हाम्रो शरीरको आन्तरिक सुन्तुलन विग्रने तथा अन्य अंगहरुमा साइड इफेक्ट समेत देनिसक्छ । तर फेजथेरापीमा यस्तो अवस्था हुदैन, किनकि ब्याक्टेरियाफेजले निश्चित प्रकृतिका किटाणुहरुलाई मात्र मार्दछ र अन्य अंगहरुमा साइड इफेक्ट देखाउर्दैैन । यति हुँदाहुँदै फेजथेरापीका केही अवगुणहरु पनिु हुन्छन् । जस्तै हरेक प्रजातिका किटाणुलाई निर्मुल पार्न त्यसैको निश्चित प्रजातीको ब्याक्टेरियोफेजको आवश्यकता पर्दछ । यस्ता ब्याक्टेरियफेजको खोजी गरी प्रयोगमा ल्याउन झन्झटिलो र धेरै समय लाग्ने हुन्छ । यसका लागि धेरै भन्दा धेरै ब्याक्टोरियाफेजको संकलन, विष्तृत अध्यायन तथा भण्डारण गर्नु पर्ने हुन्छ । वर्तमान समयमा किटाणुहरुको एन्टिबायोटिक प्रतिरोधीता अत्यन्तै जटिल र गम्भिर अवस्थामा आइसकेकोले अमेरिका, युरोप लगायतका देशमा ब्याक्टेरियोफेज थेरापीको अनुसन्धान कार्यको लागि ठुलो धनराशी छुट्याएका छन् । अमेरिकामा विगत दुई बर्षमा केही विरामी जो एन्टिवायोटिकले कुनै असर नगर्ने अर्थात सबै एन्टिवायोटिक प्रतिरोधी किटाणुको संक्रमणबाट मृत्युको मुखमा पुगेका थिए र उनीहरुलाई ब्याक्टेरियाफेजको प्रयोगबाट पुन जीवनदान पाएका उदाहरण समेत छन् । त्यसैले यस उपचार पद्दतिलाई    आधुनिक प्रविधिको उच्चतम उपयोग गर्दै गहिरो अनुसन्धनमा विश्वका बैज्ञानिकहरु जुटेका छन् ।

नेपालमा पनि विगत चार बर्षदेखि ब्याक्टेरियाफेजको संकलन तथा विस्तृत अनुसन्धन जैविक प्रविधि केन्द्रीय विभाग त्रि.वि. किर्तिपुरमा प्रा.डा. रजनी मल्लको नेतृत्वमा भइरहेको छ । सिमित स्रोत तथा साधनका बावजुत हाल सम्म करिव ७० प्रजातिका बहु एन्टिवायोटिक प्रतिरोधी किटाणुहरु विरुद्धका ब्याक्टेरियाफेजको संकलन गरी फेज बैंक समेत स्थापना गरिएको छ । नेपाल जस्तो कम बिकसित देशमा फेजथेरापीलाई विकसित गर्नसके जटिल प्रकारका सक्रमणको उपचार खर्च न्यून हुन सक्ने तथा आफ्नै प्राकृतिके स्रोतको उपयोग गरी उपचारमा आत्मनिर्भर हुन सक्ने थियौं । फेजथेरापी सम्भव छ तर सजिलो भने छैन किनकी यसका लागि सरकारी स्तरबाट अनुसन्धानको वातावरण बनाउनु पर्दछ  साथै सम्बन्धित निकायले यस क्ष्ोत्रमा दक्षता भएका बैज्ञानिक तथा चिकित्शकहरु संग आवश्यक समन्वय गरी अगाडि बढ्न जरुरी देखिन्छ ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा आयोग एमबीबीएसको शुल्क निर्धारण गर्ने तयारीमा
Next article बिरामीका आफन्तद्वारा गजेन्द्रनारायण सिंह अस्पताल तोडफोड

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

Leave a Reply Cancel reply

Timeline
Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1020
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

7
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web