हेल्थ टुडे,
एजेन्सी,कात्तिकः मौसम अनुसार तातो र चिसो पानीले नुहाउने गरिन्छ । प्रायः गर्मीमा चिसो पानीले र चिसोमा तातो पानीले नुहाउने गरिन्छ । चिसो र तातो पानीले शरीरमा गर्ने लाभ वा हानिका बारेमा विभिन्न अध्ययन भएका छन् । तातो र चिसो पानीले नुहाउनुका फाइदा र बेफाईदा बारे जानकारी पाउनु आवश्यक छ । जानकारी हुनु जरूरी छ ।
तातो पानीले नुहाउनुको फाइदा
–जाडोमा तातो पानीले नुहाउँदा दिनभरिको थकान मेटाउन सजिलो हुन्छ ।
–मांसपेशी बाउँडिएमा मनतातो पानीले नुहाउँदा राहत पाइन्छ ।
तर तातो पानीमा लामो समय नुहाउँदा छाला शुष्क हुन्छ ।
–धेरै तातो पानीले नुहाउँदा छाला चिलाउँछ र छालाको प्राकृतिक नमी हराउँछ । यसले गर्दा फोकाफोकी आउँछ ।
–आयुर्वेदका अनुसार बिहान नुहाउनुछ भने चिसो पानी ठीक हुन्छ भने राति तातो पानी ठीक ।
–नियमित काम गर्नुहुन्छ भने तातो पानीले नुहाउने सल्लाह दिइन्छ ।
–मिर्गी रोग लागेको छ भने मनतातो पानीले नुहाउनुस् ।
चिसो पानीले नुहाउँदा हुने फाइदा
–चिसो पानीले नुहाउँदा शरीर ताजा र चुस्त हुन्छ र शारीरिक सौन्दर्य बढ्छ ।
– चिसो पानीले रक्तसञ्चारलाई पनि राम्रो गराउँछ ।
–चिसो पानीले नुहाउँदा शरीर फुर्तिलो र ऊर्जावान् महसूस हुन्छ । यसले तनाव कम गराउँछ र राम्रो निद्रा ल्याउँछ ।
–चिसो पानीले नुहाउँदा शरीरबाट विषालु पदार्थ बाहिर निस्कन्छ ।
–अनुहारमा फोकाफोकी आउँदा अनि शरीरको छाला चिलाउँदा चिसो पानीले नुहाउनु ठीक हुन्छ । चिसो पानीले रगत सफा बनाउँछ जसका कारण अनुहारमा निखार आउँछ । तर जाडोमा अनि रुघा र ज्वरो आएको बेलामा चिसो पानीले नुहाउनु हुँदैन ।
मौसम, स्वास्थ्य स्थिति र शरीरको आवश्यकता अनुसार नुहाउने पानी प्रयोग गर्नु उत्तम हुन्छ ।
स्वास्थ्यको लागि चिसो पानीले नुहाएको राम्रो कि तातो पानीले ?

Leave a Reply