हेल्थ टुडे,
काठमाडौ,४ कात्तिकः चौतर्फी बिरोधका बीच चिकित्सा शिक्षा आयोगको आग्रहपछि नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजहरुका लागि नयाँ सिट संख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षासम्बन्धी चौतर्फी विवाद कायम रहेकै वेला सिट संख्या बढाएर सिट संख्या निर्धारण गरेपछि थप बिरोध हुने देखिएको छ । काउन्सिलले आइतबार दुई प्रतिष्ठानसहित काठमाडौं विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजका लागि एमबिबिएस र बिडिएसको सिट संख्या निर्धारण गरेको हो ।
कसलाई कति सिट ?
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
धरानः एमबिबिएस १००, बिडिएस ५०
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानः एमबिबिएस ६५
काठमाडौं मेडिकल कलेज
सिनामंगलः एमबिबिएस १००, बिडिएस ५०
नेपाल मेडिकल कलेज जोरपाटीः एमबिबिएस १००, बिडिएस ५०
काठमाडौं स्कुल अफ मेडिसिन
धुलिखेलः एमबिबिएस ८५, बिडिएस ५०
नोबेल मेडिकल कलेज विराटनगरः एमबिबिएस १००, बिडिएस ३५
विराट मेडिकल कलेज विराटनगरः एमबिबिएस ७५
कलेज अफ मेडिकल साइन्सेज
चितवनः एमबिबिएस १००, बिडिएस ५०
लुम्बिनी मेडिकल कलेजः एमबिबिएस १००
मणिपाल मेडिकल कलेजः एमबिबिएस १००
नेपालगन्ज मेडिकल कलेजः एमबिबिएस १००
कान्तिपुर डेन्टल कलेजः बिडिएस ५०
देवदह मेडिकल कलेजः एमबिबिएस ५०
चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रको लागि एमबिबिएसमा करिब दुई लाख र बिडिएसतर्फ एक लाख रुपैयाँ शुल्क वृद्धि गरेको थियो । तर, वृद्धि भएको शुल्क पनि कम भएको भन्दै कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएका छन् । आयोगले मेडिकल कलेज सञ्चालकको स्वार्थमा काम गरेको भन्दै चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अनसन बस्ने चेतावनी दिएका छन् । त्यस्तै, मेडिकल कलेजले तोकिएभन्दा बढी असुलिएको शुल्क फिर्ता नगरेपछि चिकित्सा शिक्षाका विद्यार्थीहरू पनि आन्दोलित छन् । यस्तो अवस्थामा आयोगकै आग्रहमा काउन्सिलले मेडिकल कलेजको सिट बढाएपछि थप बिवाद हुने देखिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजहरूको सिट संख्या भने तोकिएको छैन ।
Leave a Reply