• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

जाडोमा दमको कहर

December 17th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडोमा दमको कहर

डा. विवेक कक्षपती,
दम भनेको बारम्बार श्वास फेर्न गाह्रो हुने र छाती घ्यारघ्यार हुने अवस्था हो । दमको आक्रमण हुँदा, श्वास फेर्ने नलीका भित्ताहरू सुनिन्छन् जसले गर्दा फोक्सोमा रहेका हावाका नलीहरू साँघुरिन्छन् र फोक्सोले हावा लिने र फाल्ने क्रममा अवरोध आउँदछ ।
दमका रोगीहरूलाई विभिन्न कुराहरूबाट एलर्जी हुने सम्भावना हुन्छ जस्तैः धूलो, केही खाद्यवस्तुको धूलो, व्यायाम, चिसो हावा, धुवाँ, भित्तामा लगाउने रङ, चिन्ता र अन्य दम बढाउने वस्तु । कोही संवेदनशील व्यक्तिहरूलाई भाइरल संक्रमण र धूमपानले पनि लक्षणहरूलाई बढावा दिन्छ ।
यस रोगका लक्षणहरू निम्न प्रकारका छन् ः
समयसमयमा, गम्भीर र अचानक श्वास फेर्न गाह्रो हुनु र साथै छाती घ्यारघ्यार हुनु (असामान्य तरिकाले श्वास फेर्दा एक प्रकारको आवाज आउनु) ।
कहिले खकार आउने र कहिले नआउने गरी खोकी लाग्नु ।
दमका बिरामीहरूलाई विशेषगरी रातको समयमा गाह्रो हुने गर्दछ र त्यस्ता बिरामीहरू फोक्सोमा हावाको कमीले श्वास फेर्न गाह्रो भएर बिहान सबेरै उठ्ने गर्दछन् ।
कतिपय समयमा करङको बीचको छाती कोखा हान्ने, ओठ नीलो हुने र सुस्त हुने गर्दछ । यस्ता लक्षणहरू देखिएमा जति सक्दो चाँडो उपचारका लागि अस्पताल लानुपर्छ ।
हरेक बिरामीलाई भिन्नै किसिमको एलर्जी गराउने तत्वहरू हुन्छन् । दमको आक्रमण हुने बेलामा बाहेक अरु बेलामा बिरामी सामान्य नै हुने गर्दछ ।
बिरामीलाई एलर्जी हुनुको कारण कहिलेकाहीँ छाला जाँच गराएर पनि पत्ता लगाउने गरिन्छ तर प्रायःजसो ती कारक तत्वहरू पत्ता लगाउन गाह्रो हुन्छ । एलर्जीको कारण पत्ता लागेमा त्यो कारणबाट टाढा रहँदा दमको पुनः आक्रमणबाट बच्न सकिन्छ ।
सामान्य दम भएमा कम गर्न औषधिहरू दिइन्छ तर गम्भीर रूपमा दम भएको अवस्थामा भने पछि दमको अर्को आक्रमण हुन नदिने औषधिहरू पनि दिइन्छ ।
दम रोगको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ?
तपाईं दमको रोगी हुनुहुन्छ भने, यी लक्षणहरूलाई बढावा दिने खालका कारक तत्वहरूलाई पत्ता लगाई यसबाट बच्नुहोस् ।
तपाईं आफूलाई धुँवा, धूलो, कडा गन्ध, रङ, स्प्रे र केही खाद्यवस्तुबाट टाढा राख्नुहोस् ।
घरपालुवा जनावर जस्तैः बिरालो आदि नपाल्नुहोस् किनभने तिनीहरूको कपालले पनि तपाईंलाई एलर्जी हुन सक्छ र दम बढाउँछ ।
आफू पनि धूमपान नगर्नुहोस् साथै अरू जो धूमपान गर्छन, त्यस्तो व्यक्तिको नजिक पनि नबस्नुहोस् ।
मौसम परिवर्तन हुने बखतमा आफूलाई त्यस्ता मौसमबाट बच्न विशेष ध्यान दिनुहोस् ।
आफू जता गए पनि आफूले सेवन गर्नुपर्ने औषधि साथमा बोकेको कुरा सुनिश्चित गर्नुहोस् ।
यदि तपाईंमा देखिएका लक्षण गम्भीर छन् र औषधि सेवन गर्दा पनि नियन्त्रणमा नआएमा तुरुन्तै चिकित्सक कहाँ जानुहोस् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यमा सर्वव्यापी पहुँचबारे प्रदेश २ मा बहस
Next article जाडो मौसम, छाला सुक्खा हुने समस्या र त्यसको समाधन

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

Leave a Reply Cancel reply

Timeline
Mar 3rd 9:42 AM
समाचार

सभामुख, मन्त्रीहरु र सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप

Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1029
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

9
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web