• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 1st, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

लाइसेन्स परीक्षा चैत भित्रै गर्दैछौं : रजिस्टार भट्ट

January 5th, 2020 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लाइसेन्स परीक्षा चैत  भित्रै गर्दैछौं : रजिस्टार भट्ट

१.नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा अहिलेसम्म दर्ता भएका स्वास्थ्य व्यवसायीको संख्या कति छ ? र परिषद्मा कुन कुन स्वास्थ्य व्यवसायीलाई दर्ता गरिन्छ ?
नेपालमा स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई दर्ता गर्ने छ वटा काउन्सिल (परिषद्) छन् । नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल आयुर्वेद काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्मध्ये स्वास्थ्य व्यवसायी परिषद् सबैभन्दा धेरै स्वास्थ्यकर्मी व्यवसायी दर्ता भएको परिषद् हो । यसमा अहिलेसम्म एक लाख ४२ हजार स्वास्थ्य व्यवसायी दर्ता भएका छन् । हामीले ३० विधाभन्दा बढी स्वास्थ्य व्यवसायीलाई दर्ता गरेर प्रमाणपत्र दिन्छौं । त्यही प्रमाणपत्रका आधारमा उनीहरूले स्वास्थ्य व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । परिषद्मा हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट, अहेब, सीएमएलगायतका विधाका जनशक्ति दर्ता हुने गरेका छन् । स्वास्थ्यमा काम गर्ने सबै प्यारामेडिक्सहरूको दर्ता यही परिषद्मा हुन्छ ।

२.लाइसेन्स परीक्षा नहुँदा सयौं नयाँ स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता हुन पाएका छैनन् । कहिले हुन्छ लाइसेन्स परीक्षा ?
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को उद्देश्य गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने जनशक्तिलाई दर्ता गर्ने र उनीहरूको विश्वसनीयतालाई कायम गर्नु हो । परिषद्मा दर्ता भएका स्वास्थ्य व्यवसायीले देशका दूरदराजदेखि विदेशमा समेत गुणस्तरीय सेवा प्रदान गरिरहेका छन् । उहाँहरूको गुणस्तर सुनिश्चित गर्ने एउटा बाटो हो, लाइसेन्स परीक्षा । त्यसैले यो गर्नुपर्छ भन्ने मेरो पहिलेदेखि नै मान्यता हो । सोहीअन्तर्गत विनियमावलीमा भएको व्यवस्थाअनुसार स्वास्थ्य व्यवसायी परिषद्को कार्यकारी बोर्डले लाइसेन्स परीक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयसँग सहमतिमागेको थियो । मन्त्रालयले सहमतिदिएपछि अब लाइसेन्स परीक्षा सञ्चालन गर्ने बाटो खुलेको छ । सम्भवतः हामी चैतदेखि पहिलो चरणको स्नातक तहको लाइसेन्स परीक्षा सुरुगर्दैछौं । यसको लागि परीक्षा सञ्चालन गर्ने कार्यविधि तयार भइसकेको छ । सो कार्यविधिलाई अगाडि बढाएर परीक्षा लिने तयारीमा छौंं । स्वास्थ्य जनशक्तिले प्रदान गरिरहेका सेवाको गुणस्तर मापनका लागि लाइसेन्स परीक्षा भरपर्दो आधार हो । उनीहरूगुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न योग्य हुन् कि होइनन् भन्ने कुरा लाइसेन्स परीक्षाले निर्धारण गर्ने भएकाले हामी परीक्षा गर्ने तयारीमा छौं ।

३.अरू परिषद्ले लाइसेन्स परीक्षा लिएर दर्ता गर्ने गरेका छन् । तर स्वास्थ्य व्यवसायी परिषद्ले किन परीक्षा सञ्चालन गर्न सकेको छैन ?
स्वास्थ्य व्यवसायी परिषद्को स्थापनाकालदेखि अहिलेसम्म लाइसेन्स परीक्षा नहुनु दुर्भाग्यपूर्णहो । यसले स्वास्थ्य व्यवसायी परिषद्मा गर्दा भएका स्वास्थ्यकर्मी र स्वयं परिषद् माथि नै प्रश्न चिन्ह खडा भएको छ । अब परीक्षा गराउनुपर्ने भन्नेमा परिषद्को अडिगछ । हामी त्यसको तयारीमा समेत लागेका छौ । स्वास्थ्य मन्त्रालयले सहमति दिइसकेको छ । विगतमा विविध कारणले परीक्षा हुन नसकेको होला । अब हामी सुरु गर्छौ ।
४.कापी जाँच्ने मेसिनसमेत प्रयोगविहीन छ भनिन्छ परिषद्मा किन ?मेसिन प्रयोगमा ल्याउने परिषद्को योजना के छ ?
परिषद्मा परीक्षा जाँच गर्ने मेसिनहरू खरिद भएको अवस्था छ । सो मेसिन खरिद भएको अवस्थामा पनि कापी जाँच हुन नसक्नु हास्यास्पद कुरा हो । सर्वप्रथम त परीक्षाको टुंगो लागेपछि मात्र मेसिन किन्नु पर्दथ्यो । परीक्षा भइसकेपछि उत्तरपुस्तिका जाँच गर्न मेसिन खरिद गर्नुपर्ने थियो । तर त्यसो भएन । मेसिन चाहिँ तीन चार वर्षअगाडिकै पूर्व रजिस्ट्रारको पालामा खरिद भएको थियो । कुनै प्रयोगमा नआइकन राष्ट्रको कोषबाट २५, ३० लाख पर्ने एउटा मेसिन खरिद गरिराख्नुपर्ने थिएन । अबको दिनमा यी मेसिनले आवश्यक स्थान पाउँछ भन्ने विश्वास दिलाउँछु ।
५.परिषद्मा अहिले देखिएका समस्याहरू के के छन् ?
परिषद्मा भएको अहिलेको समस्यामध्ये परीक्षा हुन नसक्नु एक समस्या हो । अहिलेसम्म हामीले बिना लाइसेन्स परीक्षा नै गुणस्तर मापनलगायत विद्यार्थीलाई सर्टिफिकेसन गरिरहेका छौं । अहिलेसम्म हामीसँग दुई सय शिक्षणसंस्था आबद्ध छन् । ती शिक्षण संस्थामध्ये केही आकस्मिक र केही नियमित अनुगमनमा हुन्छन् । यी नियमित प्रक्रिया अनुगमन के छ भन्ने निकायले पटकपटक नियमन गर्नुपर्ने शुल्कको अवस्था के छ ? कसरी छ भनी मापन गर्ने गर्नुपर्दछ । विभिन्न किसिमका स्वास्थ्यसम्बन्धी जुन विधाहरू छन् सो विधाको दर्ता प्रक्रिया गर्नुपर्छ जस्तै न्युट्रिसन, हेल्थ एन्ड डाइटिक्स विधाहरू आउने क्रम छ यी व्यवसायी परिषद्सँग सम्बन्धित देखिन्छन् । भोलिका यी विधालाई परिषद्मा कसरी दर्ता गर्ने भन्ने एकातिर समस्या छ भने अर्कोतिर भएका जनशक्तिलाई नेपालमा कसरी उपयोग गर्ने भन्ने अर्को चुनौती छ । उदाहरणका लागि देशभरि ल्याब असिस्टेन्टको संख्या बढ्दो छ । सरकारी विज्ञापन खुल्छ । तर ती जनशक्तिको हेल्थपोस्टमा दरबन्दी नहुँदा उनीहरूले सरकारी सेवा गर्न पाइरहेका छैनन् । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य व्यवसायी परिषद्सँग समन्वय गरी दर्ता भएका सबै जनशक्ति नेपाल सरकारकै हुन् । ती जनशक्तिलाई कसरी कुन तरिकाले कुनकुन ठाउँमा नेपाली जनतालाई सहयोग पु¥याउने भन्ने कुरा गम्भीरताका साथ सोच्नु आवश्यक छ । यदि जनशक्तिलाई उपयोग गर्न सकिँदैन भने कलेजहरूसञ्चालन गर्न दिनु भएन । सञ्चालन भएका कलेजका उत्पादित विद्यार्थीले रोजगार पाउनुपर्छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने राष्ट्रको दायित्व हो । प्राविधिकतिर ठूलो लगानी हुँदाहुँदै पनि बेरोजगारीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । नेपाल सरकारले जनशक्ति व्यवस्थापन गर्ने योजना अगाडि बढाउनुपर्छ । अबको दस वर्षमा नेपाल सरकारलाई कति प्राविधिक जनशक्ति चाहिन्छ? त्यसको आँकडा चाहिन्छ । तर दुर्भाग्य त्यो आँकडा नै छैन । बजारमा उत्पादन भएका जनशक्तिहरूलाई आफ्नै देशभित्र परिचालन गर्ने राष्ट्रको प्रमुख दायित्व हो । यसमा राज्यले सोच्नै पर्छ ।
६.स्वास्थ्य मन्त्रालयको सहयोग समन्वय कस्तो छ परिषद्मा ?
स्वास्थ्य मन्त्रालयको सहयोग समन्वय परिषद्सँग राम्रो सम्बन्ध छ । जे जति सहयोग पाउनुपर्ने हो त्यो सबै पाइरहेका छौं । स्वास्थ्य सचिवज्यूले कार्यविधि गराएर परीक्षा सञ्चालन गर्ने एउटा बाटो खोलिदिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य व्यवसायी परिषद्सँग सकारात्मक छ । मन्त्रीज्यूबाट पनि रिक्त रहेको पदमा केही जनशक्ति पठाएर बोर्डलाई परिपूर्ति गरेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छन् किनभने परिषद् सबैको कुराको निकाय हो । आफैंमा पनि जनशक्तिहरू परिषद्मा सदस्यहरू पूर्ण भएनन् भने असफल भइन्छ ।
७.परिषद्लाई विश्वसनीय र भरपर्दो संस्थाको रूपमा विकास गर्न तपाईंरजिस्ट्रारसहित नयाँ टिमको के छ कार्ययोजना ?

अहिले स्वास्थ्य व्यवसायी परिषद्मा बोर्डको टिम विषयवस्तु अन्तर्गत छन् । नयाँ ऊर्जाशील युवा साथीहरू छन् सबै काउन्सिलमा परीक्षा भइरहेको बेलामा यस परीक्षालाई कसरी सञ्चालन गर्ने, विभिन्न विधाका जनशक्ति दर्ता नभएर लोकसेवा खुल्छ । उहाँहरूले जागिरको लागि एप्लाई गर्न पाउनुहुन्न । त्यस्तो किसिमको विधाको लागि स्वास्थ्यसँग दर्ता हुनुपर्छ । नेपालमा अध्ययन भएका स्वास्थ्य शिक्षणसंस्थाबाट स्वास्थ्यसम्बन्धी अध्ययन गरेका मानिसहरूले नेपालमै दर्ता हुन पाउनु नैसर्गिक अधिकार हो । राज्यले यति ठूलो लगानी गर्दागर्दै पनि धेरै किसिमका जनशक्ति दर्ता नगरेको अवस्था छ । यसको लागि हामीले समितिको विघटन गरेका छौं । स्वास्थ्यसँग प्राविधिक विषयका जुन भनेर पढाइरहेकालाई दर्ता गर्न आफैंमा चुनौती छ । भएका जनशक्तिलाई स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर जुन मूलधार हो त्यस संरचनाअन्तर्गत व्यवस्थापन गर्नुपर्छ । स्वास्थ्य व्यवसायी परिषद्ले हातेमालो गर्दै जाने हो भने एकातिर जनशक्ति खपत पनि हुने र समस्याका रूपमा रहेका कुराहरू पनि समाधान हुने देखिन्छन् ।

८.लाइसेन्स नै नलिएर दर्ता नै नभएका स्वास्थ्य व्यवसायीले पनि सेवा दिएर ठगी गरिरहेको भन्ने सुनिन्छ ? दर्ता नै नभएर सेवा व्यवस्थापन गर्नेलाई के कारबाही हुन्छ ?
नेपालमा हाम्रो परिषद्सँग अध्ययन, अध्यापन गराउने शैक्षिक संस्था र विद्यार्थीहरूको हकमा पुरस्कृत र दण्ड गर्ने दुइटै निकाय नेपाल स्वास्थ्य व्यवसायी परिषद् हो । यदि नेपाल स्वास्थ्य व्यवसायीमा दर्ता नभइकन आफ्नो नीतिभन्दा बाहिर काम गर्छ भने नेपाल सरकारको ऐन, नियम, कानुनअनुसारको कारबाही गरिनेछ । नेपाल सरकारको आकर्षित हुने किसिमको कारबाही गर्ने पूर्ण अधिकार छ । स्वास्थ्य मन्त्रालय र परिषद्जस्ता अन्य निकायबाट कारबाही प्रक्रिया अघि बढ्छ । नियमित अनुगमनमा उजुरी पर्छ त्यसमा पूर्ण विश्लेषणद्वारा कारबाही अघि बढ्छ ।

९.परिषद्मा दर्ता भएका स्वास्थ्य व्यवसायीले राजधानी बाहिर आफ्नो नामको अगाडि डाक्टर लेखेर बिरामीको उपचार गरेको पनि सुनिन्छ । परिषद्ले दर्ता नगरेकालाई डाक्टर लेख्न मिल्दैन होला नि के हो ?
नेपाल मेडिकल काउन्सिल विशुद्ध चिकित्सकको दर्ता गर्ने संस्था हो । उहाँहरूले स्वदेश र विदेशमा अध्ययन भएर काउन्सिलको लिखित परीक्षामा पास भएर जनशक्ति दर्ता गर्ने संस्था हो । उहाँहरूले स्वदेश र विदेशमा अध्ययन भएर काउन्सिलको लिखित परीक्षामा पास भएर जनशक्ति दर्ता गर्ने क्रम छ । हाम्रो विभिन्न ३२ ओटा विधामा जुन ३० ओटामा दर्ता हुने जनशक्ति छ । उदाहरणको लागि छिमेकी मुलुक भारतमा बीपीटी पढेका मानिसलाई पनि डाक्टर भन्ने गर्छन् तर हाम्रो नेपालमा कानुनले मान्यता दिएको छैन । स्वस्फुर्त कसैले डाक्टर लेख्यो भने उसलाई नेपाल सरकारकोकानुनबमोजिम कारबाही हुन्छ ।
१०.स्वास्थ्य व्यवसायीको क्षमता विकास गर्न लाइसेन्स परीक्षाले मात्र पुग्छ त ? परीक्षाबाहेक अरू केही गर्न सकिँदैन ? विदेशको अनुभव के छ ?
परीक्षाका धेरै मोडलहरू हुन्छन् । हामी प्रत्यक्ष रूपमा प्राविधिक जनशक्तिलाई दर्ता गर्ने एउटा निकाय भएको हुनाले लिखित किसिमले परीक्षा हुन्छ एकैचोटी लाइसेन्सको गुणस्तर निर्धारण गर्दैनन् । कुनै पनि विद्यार्थी त्यहाँ पुग्नुभन्दा अगाडि योग्यताअनुसारको पास हुनुपर्छ । पास भएकामध्येबाट पनि अहिलेसम्म दर्ता गर्ने चलन थियो । भावी योजनामा पाँच वर्ष पछि १५ वर्षसम्म काम गरिरहेकालाई चार— चार वर्ष रिन्यु हुने प्रक्रिया अगाडि बढाउनुपर्छ । प्रयोगात्मक तर्फबाट पनि विशेष ध्यान दिनेछौं ।
११.अन्त्यमा परिषद् सुधारको लागि तपाईंको व्यक्तिगत सुझाव के छ ?
परिषद् भनेको हामी सबैको परिषद्को यसको सुधार गर्नु सबै पक्षबाट आवश्यक छ । मन्त्रालयमा पहल गर्दा अपुग भएका बोर्ड सदस्यलाई पठाउने काम गरी राख्नु भएको छ । परीक्षा लिनुस् भन्ने सकारात्मक पक्ष भइरहेको छ । अनलाइन प्रक्रियामा नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा लाइसेन्स रिन्यु गर्ने योजनामा छौं । आन्तरिक व्यवस्थापनका कुराहरू हेर्ने हो भने कार्यालय सञ्चालनका कुराहरू छन् भने बाह्य अध्ययन पब्लिक र दर्ता हुन नसकेकालाई कसरी दर्ता वा टुंगो गराउने भन्नेमा ठूलो चुनौती छ । नेपाल सरकार र स्वास्थ्यसँग अध्ययन गर्ने जनशक्ति छ ती भोलि बजारमा खपत नहुनाले गर्दा एक ठूलो समस्या निम्त्याएको छ । यसको समाधान प्रक्रिया अगाडि बढिरहेको छ । नेपाल सरकारले दूरदराजमा भएका सेवाग्राहीलाई सेवा दिने जनशक्ति दर्ता गर्छ त्यो नै सरकारको अस्तित्व छ । प्रस्तुति ः नमराज भट्ट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महिनावारी भएका बेला यसो गरौं
Next article डा. अवस्थी तपाईं बेवकुफ हो !

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

स्वास्थ्य व्यवसायीको लाइसेन्सिङ परीक्षा छिट्टै

स्वास्थ्य व्यवसायीको लाइसेन्सिङ परीक्षा छिट्टै

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1026
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web