• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघको मत गणना भोली बिहान १० बजेदेखि

February 4th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघको मत गणना भोली बिहान १० बजेदेखि

हेल्थ टुडे,
काठमाडौं, २१ माघ : डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकालागि भएको निर्वाचनको मत गणना भोली ( बुधबार ) बिहान १० बजेदेखि सुरु हुने भएको छ । दुई चरणमा भएको निर्वाचनमा ६ हजार एकसय ५२ मत खसेको छ । प्रमुख निर्वाचन आयुक्त डा. बाबुराम मरासिनीले बुधबार बिहान १० बजेदेखि मत गणना हुने जानकारी दिए । उपत्यकामा लगातार ५ दिनसम्म मतदान भएकाले गणनामा संलग्न हुनु पर्ने व्यक्तिहरु थाकेकाले राती आवश्यक गृहकार्य गरेर मत पेटिका बुधबार मात्र गणनाका लागि खोलिने बताए । मत गणना संघकै कार्यालयमा हुने छ । दुई चरणमा सम्पन्न निर्वाचनमा उपत्यका बाहिर दुई हजार आठ सय ५१ मत खसेको छ भने उपत्यकामा ३ हजार ३ सय १ मत खसेको छ । तिन वर्षे नेतृत्वका लागि लोकतान्त्रिक समूहबाट डा. लोचन कार्कीको समूह र समावेशी पेसागत समूहबाट डा. पुष्पमणी खराल नेतृत्वको समूहबिच प्रतिस्पर्धा रहेको छ । महासचिव र सदस्य पदमा स्वतन्त्र उम्मेदवारले पनि प्रतिस्पर्धा गरेका छन् । विसं २००७ सालमा स्थापना भएको संघको नेतृत्वमा अहिलेसम्म नेपाली कांग्रेस निकट चिकित्सकहरुले नेतृत्व गर्दै आइरहेका छन् । नेपाल चिकित्सक संघमा करिव १० हजार चिकित्सक सदस्य छ । मेडिकल काउन्सिलको रेकर्ड अनुसार करिव २५ हजार चिकित्सक दर्ता छन । ती मध्ये २० प्रतिसत बिदेशमा, १० प्रतिसतको मृत्यु भइसकेको र १० प्रतिसत अहिले पेसामा नभएको विज्ञहरु बताउछन । तर यसको कुनै आधिकारिक तथ्यांक भने छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लोचनको लोकप्रियताभित्र लुकेको रहस्य
Next article नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना फेसबुक लाईभबाट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Mar 3rd 9:42 AM
समाचार

सभामुख, मन्त्रीहरु र सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप

Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1029
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

9
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web