• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 23rd, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

कोरोना नियन्त्रणमा टेलिहेल्थको भूमिका

March 24th, 2020 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना नियन्त्रणमा टेलिहेल्थको भूमिका

रमेश भट्ट,
कोरोना भाइरस संसारभरिनै महामारीको रुपमा रहेको बेलामा यसको प्रभावकारी रोकथाम र आवश्यक उपचार पाउनु सबैको चिन्ताको बिषय बनेको छ। अहिलेसम्मको अवस्था हेर्दा यो भाइरसले सबैलाई प्रभाव परेतापनि बढी प्रभाव चाहिँ गर्भवती , बृद्ध- बृद्वा , उच्च रक्तचाप भएका , मुटुका ,सुगरका तथा क्यान्सरका बिरामीलाई पार्ने देखिएको हुँदा यस्ता बिरामीहरुलाई पनि सामान्य उपचार लिन स्वास्थ्यसंस्था वा अस्पताल जान अप्ठ्यारो छ। यसैगरी यो भाइरस अत्यधिक सरुवा प्रकृतिको भएकाले आवश्यक ब्यक्तिगत सुरक्षाका साधनहरुको ( प्रशनल , प्रोटेक्टिभ इक्युपमेन्ट ) अभावका कारण स्वास्थ्यकर्मीहरु पनि नियमित सेवा दिन अनकनाइ रहेको अवस्था छ। यस्तो अवस्थामा रोग सर्ने जोखिम कम गर्नका साथै धेरै ब्यक्तिहरुलाई सहज तरिकाले स्वास्थ्य सेवा प्रवाह गर्न टेलिहेल्थको प्रयोग प्रभावकारी हुन्छ।कुनै पनि ब्यक्ति वा बिरामीले आफ्नो स्वास्थ्य सम्बन्धि आवश्यक सेवा, परामर्श वा जानकारी लिन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वास्थ्यकर्मी वा डाक्टर समक्ष नआइकन टेलीफोन , मोबाइल तथा अन्य विद्युतीय उपकरणको प्रयोग तथा सहयोगबाट लिईने सेवालाई टेलिहेल्थ भनिन्छ । कोरोना भाइरसको रोकथाम गर्न सबैभन्दा बढी प्रभावकारी देखिएको आइसोलेसन बिधि अर्थात बिरामीलाई अरुभन्दा अलग्गै र एक्लै राख्ने र हातको नियमित सरसफाइ (साबुनपानी वा सेनिटाइजर प्रयोग गरेर) देखिएको बिरामी वा आम मानिसहरुले पनि अस्पताल वा स्वास्थ्य संस्थामा गएर भिडभाड गर्दा अझ रोग एक- अर्कामा सर्ने र अरुलाई पनि फैलिन जोखिम उच्च हुन्छ। तसर्थ , यस्तो महामारीको बेलामा टेलिहेल्थको उचित प्रयोग गर्दा हामीले सम्भावित बिरामिहरुको पहिचान गर्न (स्क्रिनीङ गर्न ) र बिरामी वा जोखिममा परेका ब्यक्तिहरुलाई पनि उचित परामर्श दिन साथै आवश्यक सेवा पाइने ठाउँको बारेमा जानकारी दिन पनि प्रभावकारी हुन्छ । हालको अवस्थालाई मध्यनजर गर्दै ,यदि सरकारले विभिन्न अस्पतालहरुमा टेलिस्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरे। अस्पतालको पहुँच भन्दा टाढा रहेका बिरामीले पनि सेवा सहजरूपमा पाउन सक्ने साथै अस्पताल परिसरमा पनि भिडभाड नहुने हुँदा यो भाइरस एक अर्कामा साथै स्वास्थ्यकर्मीलाई पनि सर्ने सम्भावना न्यून हुन्छ। हाम्रो जस्तो विकट भौगोलिकता साथै स्वास्थ्य संस्था तथा अधिकाँश स्वास्थ्यकर्मीहरु बढी शहर केन्द्रीत भएका कारण टेलिहेल्थ वा टेलिमेडिसिनको माध्यमबाट बिरामी वा जोखिममा व्यक्तिहरुले अस्पताल नआइकन जो जहाँ छ , त्यहीँबाट वा घरबाट आवश्यक सेवा र परामर्श लिन सक्छन् । आइसोलेसनमा राखेका बिरामी वा सेल्फ क्वारेन्टाइनमा रहेका आम- नागरिकले आफ्नो मानसिक डर ,चिन्ताको परामर्श ,आफ्ना ल्याबका रिपोर्टहरु तथा अन्य आवश्यक जानकारीहरु पनि टेलि हेल्थ सेवाको माध्यमबाट सहजरूपमा लिन सकिन्छ । यो विधिबाट दुर्गम तथा स्थानीयस्तरमा खटिएर काम गरिरहेका स्वास्थ्यकर्मीहरुले पनि आफूलाई चाहिएको जानकारी लिन वा विशेषज्ञ डाक्टर वा अन्य स्वास्थ्यकर्मीबाट आवश्यक सहयोग लिन पनि प्रभावकारी हुन्छ। टेलि- हेल्थ सेवा प्रभावकारी रुपमा प्रदान गर्न ईन्टरनेटको आवश्यकता भएपनि , सामान्यरुपमा हामीले टेलीफोन वा मोबाइलबाट फोन गरेर पनि आवश्यक स्वास्थ्य सेवा तथा जानकारी लिन सक्छौ । यहि माहामारीलाई मध्यनजर गरेर हाल पाटन अस्पताल अन्तर्गत नेपाल सरकारले संचालन गरेको टेलिमेडिसिन सेवा लगायत “हेलो हेल्थ” सेवालाई अझ नियमित तथा प्रभावकारी बनाउन सके , धेरै मानिसहरूले यो सेवाबाट लाभ लिन सक्दथे। यसैगरी जहाँ इन्टरनेटको सुबिधा छ, त्यहाँ बाट स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष वा अप्रत्यक्ष (अफलाइन ) अन्तरक्रियाबाट पनि सेवा प्रदान गर्न सकिन्छ ।प्रत्यक्ष अन्तरक्रिया गर्न हाल विद्यमान रहेका विभिन्न सफ्टवेयरको प्रयोग गरेर डाक्टर स्वास्थ्यकर्मी सङ्ग भिडियो कल गरेर आवश्यक सल्लाह ,सेवा र परामर्श लिन सकिन्छ ।साथै अप्रत्यक्ष रुपमा इमेलबाट आफ्ना समस्या वा स्वास्थ्य अवस्थाबारे जानकारी दिएर , उपलब्ध भएका ल्याब रिपोर्ट तथा अन्य रिपोर्ट पनि पठाएर आवश्यक सहयोग लिन सकिन्छ । टेलिहेल्थ वा टेलिमेडिसिनको माध्यमबाट देशभित्र मात्र नभएर देश वाहिरका स्वास्थ्यकर्मीबाट पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वास्थ्यसेवा लिन सकिन्छ । यस्तो अवस्थामा चिनमा कोरोनाका बिरामी उपचार र रोकथाममा सलग्न स्वास्थ्यकर्मी तथा डाक्टरका अनुभव तथा विज्ञता लिन सके पनि हाम्रो लागि प्रभावकारी हुनसक्छ । सरकारले पनि यस्तो महामारीको बेलामा आम- नागरिकलाई सुरक्षित र सुसुज्जित राख्न आधिकारिक वेब-प्रोटल (वेब-साईट ) बनाएर , सरकारका आधिकारिक निर्णयहरु ,साथै आम – नागरिकलाई दिनुपर्ने आवश्यक जानकारी र अपनाउनु पर्ने सावधानीहरुको बारेमा राख्दा प्रभावकारी हुन्छ। हाल अनलाइन मिडियाहरुले छ्यापछ्याप्ति कोरोना रोगका बारेमा विभिन्न खाले समाचार छाप्दा , आम जनताले आवश्यक जानकारी पाउन पाउन भन्दा पनि अन्य भ्रमित तथा तथ्यहिन जानकारी पाएर बढी पीडित वा तनावग्रस्त हुने अवस्था देखिएको छ। कोरोना भाइरसको संक्रमणले विश्वलाई नै असर पारिरहेको बेलामा यसबाट मुक्ति पाउन हामी सबैले अनुसासित भएर सरकार तथा विज्ञहरुले भनेका कुराहरुको पालना गर्ने साथै एक बाट अर्कोमा सर्न नदिन अन्य विकल्पहरुको पनि अवलम्बन गर्नुपर्ने देखिन्छ ।हालै मात्र कोरोनाको महामारी खेपिरहेका केही देशहरूले यसको उपचार तथा रोकथाम प्रभावकारी बनाउन विभिन्न अन्य संयन्त्रहरुको पनि प्रयोग गरिरहेका छन् । जस्तै अस्पतालमा भर्ना भएका बिरामीहरुको अनुगमन गर्न साथै रोग फैलिएको ठाउँहरुमा औषधि छर्किन , बिरामीलाई औषधि तथा खाना पुर्याउन ड्रोन तथा रोवटहरुको पनि प्रयोग भएको छ। यसलाई पनि हामीले कोरोना भाइरस उपचारका क्रममा स्वास्थ्यकर्मीको जोखिम कम गर्ने विकल्पका रुपमा पनि लिन सक्छौं । स्वास्थ्यको क्षेत्रमा निकै लोकप्रिय र प्रभावकारी हुँदै गइरहेको टेलिहेल्थ साथै टेलिमेडिसिन सेवाको उचित प्रयोगले कोरोनाको उपचार तथा रोकथाममा प्रभावकारिता ल्याउन सक्छ। साथै अस्पतालका वेड , स्वास्थ्यकर्मीहरु , डाक्टर , नर्सको अभाव जस्ता समस्याहरुको समाधानको विकल्प पनि यसले दिन सक्छ। हालको अवस्थामा स्वास्थ्य संस्था तथा अस्पतालहरुले भोग्नुपरेको स्रोत -साधनको अभाव तथा व्यक्तिगत सुरक्षाका साधनको अभावले स्वास्थ्यकर्मीहरुलाई बिरामी सङ्ग प्रत्यक्ष संलग्न भई उपचार दिन संकोच तथा अप्ठ्यारो भइराखेको बेलामा यो प्रबिधिको सहयोग लिएर सेवा दिए बिरामिले प्रभावकारी सेवा पाउन सक्दथे। साथै राज्यले पनि कोरोना उपचार र रोकथामको लागि काम गर्दै-गर्दा, सङ्ग सङ्गै यो प्रबिधिको सहयोगले हाल आफूसँग उपलब्ध भएका सिमित स्वास्थ्य जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरि जनतालाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ । (लेखक, यति स्वास्थ्य बिज्ञान प्रतिष्ठानका प्रिन्सिपल हुन् ।)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लकडाउनका दिन ५० शिशु जन्मे प्रसूति गृहमा
Next article कोरोना संक्रमित २ जनाको टेकुमा उपचार हुदै, एक निको भएर घर फर्किसके

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

एनेस्थेरिया विशेषज्ञको अभाव

एनेस्थेरिया विशेषज्ञको अभाव

ल्याव असिस्टेटका भरमा स्वास्थ्य प्रयोगशाला

ल्याव असिस्टेटका भरमा स्वास्थ्य प्रयोगशाला

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

Jan 23rd 6:50 AM
समाचार

कोभिसिल्ड खोप वितरणमा अझै अलमल

Jan 21st 4:14 AM
समाचार

कोभिड–१९ विरुद्धको खोप इन्डियन एयरलाइन्सको विमानबाट आज १२ बजे काठमाडौं आइपुग्दै 

Jan 16th 7:25 AM
बिशेषज्ञ लेख

फोक्सोको क्यान्सर बढ्नुको मुख्या कारक धूमपान

Jan 16th 7:07 AM
स्वास्थ्य विशेष

धूमपान, मद्यपानले  बढायो नसर्ने रोगको जगजगी

Jan 14th 10:53 AM
समाचार

सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 

Jan 14th 6:02 AM
समाचार

परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने

Jan 13th 3:52 PM
बिशेषज्ञ लेख

किन हुन्छ बच्चा भक्भके ?

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

996
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web