हेल्थ टुडे,
काठमाडौं, १२ चैत : नेपालमा कोरोना संक्रमित २ जनाको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ भने एक जना निको भएर घर फर्किसकेका छन् । अस्पतालले दिएको जानकारी अनुसार फ्रान्सबाट फर्किएकी १९ बर्षिय युवती र खाडी मुलुकबाट फर्किएका ३२ बर्षिय पुरुष कोरोना संक्रिमित भए पछि दुबै जनाको उपचार भइरहेको छ । दुबैको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ । निको भएर घर फर्किएका व्यक्ति केही समय पहिले चिनबाट फर्केका थिए । सोमबारसम्म एकजना संक्रमितको मात्र उपचार भइरहेकोमा बुधबार थप एक जनामा पनि कोरोना भाइरस पोजिटिभ भएको पाइएपछि उनलाई पनि अस्पताल भर्ना गरिएको हो । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमण उपचाररत विरामीको संख्या दुई पुगको छ ।
चैत ५ गते खाडीबाट नेपाल फर्केका ३२ बर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको बुधबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको प्रयोगशालाका सूचना अधिकारी डा. राजेशकुमार गुप्ताले बताए । उनले भने, ‘अहिलेसम्म नेपालमा ३ जनामा कोरोना पोजिटिभ देखिएकोमा १ जना निको भएर नेगेटिभ भएर घर गइसकेका छन भने दुई जनाको उपचार भइरहेको छ । ’ प्रगोगशालाले अहिलेसम्म ६सय ८७ जनाको ल्याव टेष्ट गरेको र आज पनि ल्याव टेष्ट जारी रहेको डा. गुप्ताले जानकारी दिए । सरकारले काठमाडौं बाहिर पनि कोरोना भाइरसको ल्याव टेष्ट गर्ने निर्णय गरेको भए पनि हुन सकिरहेको छैन । अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले मात्र परिक्षण गरिरहेको छ ।
कोरोना संक्रमित २ जनाको टेकुमा उपचार हुदै, एक निको भएर घर फर्किसके

Leave a Reply