• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 23rd, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कोभिड–१९ महामारी, मानव प्रतिरोध प्रणाली र मनोविज्ञान

April 2nd, 2020 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोभिड–१९ महामारी, मानव प्रतिरोध प्रणाली र मनोविज्ञान

पदमराज जोशी,
सन् २०१९ को डिसेम्बर ३१ मा चीनको हुबेइ प्रान्तको वुहानबाट फैलिएको यो भाइरस संक्रमणका कारण अप्रेल २ को तथ्याङ्क अनुसार विश्वका ४७ हजार ५ सय १८ मानिसको ज्यान गएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ९ लाख ४० हजार ७३३ मानिसहरु संक्रमित भएका छन् संसारभर ४४ बढी मुलुकहरु अहिले ‘लकडाउन’ मा छन । अहिलेसम्म नेपालमा ६ जनामा संक्रमण फेला परिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । नेपाल पनि अहिले १० चैत्र गतेदेखि बन्दाबन्दीमा छ । नेपालका लागि लकडाउन, सेल्फ क्वारेन्टाइन र आइसोलेसन नयाँ हो ।
प्राध्यापक जेम्स. सि कोलमनले आफ्नो प्रसिद्घ पुस्तक असमान्य मनोविज्ञान र आधुनिक जीवनमा शुरुमै बीसौ शताब्दीलाई चिन्ताको युग भनि उल्लेख गरेको पाइन्छ । तर एक्काइसौ शताब्दीमा पनि कोभिड १९ को महामारीले फेरि पुरै बिश्वलाई सोच्न बाध्य पारेको छ कि अझै पनि चिन्ताको युग सकिएको छैन । अहिले भौतिकवादी युग्मा प्रत्येक मानिस चिन्ताले ग्रस्त छन ।
सर्बसाधारण मानिसहरुले मनोबिज्ञानको अर्थ मनको विज्ञानसँग लगाएको पाइन्छ भने मनोवैज्ञानिकहरुले मानबीय ब्यवहार र मानसिक प्रक्रियाहरुको बैज्ञानिक अध्ययन गर्नु हो भनेका छन । लकडाउन, सेल्फ क्वारेन्टाइन र आइसोलेसन मानिसहरुले असामान्य ब्यबहारहरु यसबेलाको विषम परिस्थितिका कारणको तनावले भय ,सन्त्रास, डर तथा चिन्ता हुनु पुगेको छ । दिमागले केही सोच्न नसकेको जस्तो हुने, अत्याधिक तनावको अनुभूती , आत्तिनु वा व्याकुल हुनु, अनावश्यक सोचहरु आईरहने ,दुःखीत, कष्ठ सम्झेर रुन मन लाग्ने, पहिले रमाईरहेका कुराहरुमा रमाउन नसक्ने हुन्छन । यसका साथै शारिरीक समस्याहरु जस्तै नाडीको गति बढनु, मुटुको धडकन बढ्नु, पाचन प्रणाली गडबडी हुनु, थकीत अनुभूती गर्नुका साथै नैराश्यता उत्पन्न हुनु, क्रोध र बढी रीस, उठनु छटपटी भईरहनु तथा एक्लो अनुभव गर्नु ,ध्यान केन्द्रित गर्न कठिनाई हुनु, निन्द्रामा कठिनाई आउनु, अरुबाट एक्लिएको वा टाढीएको महशुस गर्नु देखिन सक्छ ।
मानिसको ब्यबहारहरु देखिने, नदेखिने र भावनात्मक गरि बिभिन्न हुन्छन । त्यसै गरि अहिले कोभिड १९ को महामारीले मानिसले देखिने,नदेखिने र भावानात्मकमा रहेका हुन्छन । तसर्थ मनोबैज्ञानिकहरुको कार्य यी मानिसहरुको ब्यबहारको बर्णन गर्नु, ब्यबहारको ब्याख्या गर्नु, भविश्यवाणी गर्नु र नियन्त्रण गर्नु हो । अहिले कोभिड १९ महामारीले गर्दा ब्यक्तिगत बिशेषताहरु जस्तो कसैले भाग्यमा जे हुन्छ देखा जायेगा भन्ने हुन्छ्न भने कसैले मेरो कारणले यस्तो हुन गयो भनि आफैलाइ दोष दिरहेका हुन्छ्न । कोही दिक्कपना हुदै तनाव लिएर ब्यक्ति दबाबमा पुग्न सक्दछ ।
दबाब हुदा मानिसमा रोग हुने सम्भावना हुन्छ । जस्तो कुनै ब्यक्ति एकदमै डर, रीस , सत्रुतापूर्ण संवेगहरु देखाउदछ भने उसको स्वास्थ्यमा हर्मोनको गडबडी भई , ब्यक्ति झर्किने , आबेगमा आउने तथा आशाबिहिन अनुभव गर्न थाल्छ । जसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमतालाइ कमजोर बनाइ मान्छे शारीरिक तथा मानसिक बिरामी हुन पुग्दछ ।
हामी एउटै वातावरणमा बस्दा पनि कसैलाइ रोग लाग्छ भने कसैलाइ रोग लाग्दैन । यसो हुनुको मूख्य कारण मानिसमा भएको रोगसंग लडन सक्ने क्षमता वा रोग प्रतिरोध शक्ति हो । हाम्रो छाला , नाकको श्लेस्म, टन्सिल , आसू , र्याल, पाचन रस , पसिना आदि लाई पहिलो सुरक्षा प्रणाली भनिन्छ । यीनीहरुले रोगका सूक्ष्म जीवाणुहरु मार्दछ्न । त्यस्तै कोष, तन्तू, सेता रक्तकोषलाई दोश्रो किसिमको सुरक्षा प्रणाली भनिन्छ । जसले रोगका जीवाणुहरु मार्ने गर्दछ्न । शरीरमा उत्पन्न हुने प्रतिबिषलाई तेश्रो किसिमको सुरक्षा प्रणाली भनिन्छ । शरीरमा जीवाणु प्रबेश गरेमा त्यसले शरीर भित्र बिष उत्पादन गर्दछ । सुरक्षा प्रणाली कमजोर भई रोग लाग्दछ । तर शरीरमा प्रतिरोध शक्ति उत्पन्न हुन्छ र रोगकाकीटाणुलाई नस्ट पारी बिषाणुको प्रभावलाई कमजोर पार्दछ । यसरी यो काममा सहयोग गर्ने र प्राकृतिक रोग प्रतिरोधक कोष तीन वटैको दबाबमा बिषाणुसँग लड्न मदत गर्दछ । यदि दिमागमा नकारात्मक कुराहरु रह्यो भने मस्तिष्कका रसायन विज्ञानमा समस्या भई रोग प्रतिरोध प्रणाली कमजोर हुने हुन्छ मनोविज्ञानको यो अध्ययनले यदि हामीले हाम्रो दिमागले मस्तिष्कमा सकारात्मक सुचनाहरु सम्प्रेषण गरौ भने यो तीनबटै प्रणालीमा समरुपता कायम रहि रह्न्छ र रोग प्रतिरोध प्रणाली बलियो हुन जान्छ । यो अध्धयन गर्ने शास्त्रलाई साइको न्युरो इम्युनोलोजि भनिन्छ ।
दवाव को प्रभाव ब्यक्तिको चारवटा एरियामा पर्ने भएकोले बिभिन्न उपचारात्मक बिधि पनि अपनाउनु सकिन्छ ।
१ संवेगात्मक असरहरु, जस्तै तुरुतै मूड परिवर्तन,अनियमित ब्यवहार देखि चिन्ता, उदासीनता र यसकालागि भावनात्मक सह्य योग ।
२ शारीरिक असरहरु, एड्री नलिन र कट्रीसल हर्मोन अत्यधिक उत्पादनले मुटु, तथा रक्तचाप बढ्ने, रक्त बाहिनीहरुमा बाधा पुग्छ । यसका लागि औषधोपचार पद्दति बिधि उपयुक्त मानिन्छ ।
३ सङ्यानात्मक असरहरु, जस्तै मानसिक थकान , निर्णयात्मक शक्ति माह्रास, गलत निर्णय लिने, तर्क, बादबिबाद तथा मेमोरी ह्रासका लागि थुप्रै साइको थेरापी सहित संख्यात्मक ब्यवहार उपचार पद्दति ।
४ ब्यवहारिक असरहरु जस्तै, खानमन नलाग्ने, मधपान, धुर्मपान लगायतका कुलतमा फस्ने . जसकालागि ब्यवहार उपचार पद्दति आदी कारगर हुन्छन ।
यसरी ब्यक्तिको दबाब थाहा पाउन उसको जैबिक, संवेदनात्मक ब्यवहारिक र सङ्यात्मक प्रतिक्रियाहरुबाट सकिन्छ ।
दबाब समाधानका लागि थुप्रै अन्य रणनीतिहरु र तरिकाहरु अपनाउन सकिन्छ ।
नियमित ब्यायाम, अभ्यास, योगा र ध्यान गरौँँ । हामी सबैले गर्नुपर्ने र गर्नसक्ने अंग–व्यायाम हो । जोर्नी चलाउने र पिटी खेलेजस्तो गर्न जसले पनि जानेको हुन्छ । हात, खुट्टा, औंला खुम्च्याउन र फैलाउन सकिन्छ । अगाडि झुक्ने, पछाडि झुक्ने, सबै जोर्नीलाई गतिशील बनाउने । बच्चादेखि बुढा अनि रोगीले जोर्नी चलाउन सक्छन । श्वाससँग जोडेर पनि गर्न सकिन्छ ।
केवल आफ्नो भावना र व्यवहारलाई नियन्त्रण गर्नु होस र यति गर्न सकेमा तपाइ सुरक्षित रहन सक्नु हुन्छ ।
आफूमा भएका वा आएका भावनाहरुलाई स्विकार गर्नुहोस वा अपनाउनुहोस ।
दैनिकी तालिका बनाउनुहोस । कम्तीमा ६ देखि ८ घन्टा अनिवार्य सुत्नु पर्ने समावेश गर्नुहोस ।
सबैले धैर्य र आत्मबल बढाउने काम गरौँ । घरभित्रै खेलिने खेल खेलौँ, खेलाऔँ । कोरोनाबाट जोगिन सचेत रहनु, व्यक्तिगत सरसफाइ गर्नु जरुरी छ । एकअर्काबिचको भौतिक, शारीरिक दूरी कम गरौँ । सामाजिक दूरीलाई सामाजिक सञ्जाल, सञ्चार प्रविधिबाट आफ्ना नातेदार, इस्टमित्रहरूसँग सम्बन्ध स्थापित गर्नुहोस ।
र अन्त्यमा केहि समस्याहरु देखा परेमा ,प्राथमिक सहयोगका लागि तालिमप्राप्त व्यक्ति, मानसिक स्वाथ्यकर्मी, मनोविमर्शकर्ता, मनोविद्, मनोचिकित्सकहरूसँँग सहयोग लिनुहोस । (जोशी, मनोविद् हुन ।)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दबाबपछि विना प्रतिस्पर्धा महंगोमा स्वास्थ्य सामग्री किन्ने सवा अर्बको सम्झौता रद्द गर्न स्वास्थ्य मन्त्रालय बाध्य
Next article स्वास्थ्य मन्त्री ढकाल, रक्षामन्त्री पोखरेल सहित ५ बिरुद्ध अधिवक्ता त्रिपाठीले दायर गरे अख्तियारमा उजुरी

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

Jan 23rd 6:50 AM
समाचार

कोभिसिल्ड खोप वितरणमा अझै अलमल

Jan 21st 4:14 AM
समाचार

कोभिड–१९ विरुद्धको खोप इन्डियन एयरलाइन्सको विमानबाट आज १२ बजे काठमाडौं आइपुग्दै 

Jan 16th 7:25 AM
बिशेषज्ञ लेख

फोक्सोको क्यान्सर बढ्नुको मुख्या कारक धूमपान

Jan 16th 7:07 AM
स्वास्थ्य विशेष

धूमपान, मद्यपानले  बढायो नसर्ने रोगको जगजगी

Jan 14th 10:53 AM
समाचार

सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 

Jan 14th 6:02 AM
समाचार

परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने

Jan 13th 3:52 PM
बिशेषज्ञ लेख

किन हुन्छ बच्चा भक्भके ?

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

996
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web