पदमराज जोशी,
हिजो अर्थात ७ अप्रिल बिश्व स्वास्थ्य दिवस । यस बर्ष को नारा ‘ नर्सहरू र मिड वाइफहरुको कार्यको उत्सव मनाउने’ रहेको छ । संसारलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने नर्सहरू र मिडवाइफहरुको कार्य सम्झाउने दिनको रुपमा विश्व स्वास्थ्य दिवस मनाइएको छ । नर्सहरू र अन्य स्वास्थ्यकर्मीहरू कोविड १९ प्रतिक्रियामा अग्रणी छन । उच्च गुणस्तर, सम्मानजनक उपचार र हेरचाह प्रदान गर्दै, डर र प्रश्नहरूको समाधान गर्न अग्रणी सामुदायिक वार्तालाप र केही उदाहरणहरूमा क्लिनिकल अध्ययनहरूको लागि डाटा सकलन गर्न ,एकदम सरल, नर्सहरू बिना, असम्भव नै हुन्छ ।
यस बर्षको बिश्व स्वास्थ्य दिवस को ट्यागलाइन ‘नर्सहरू र मिड वाइफहरुलाई सहयोग गर्नुहोस भन्ने छ । बिश्व स्वास्थ्य दिवस मनाइरहदा अहिले यी दुइ घटनाहरुबाट हामीले सिक्नु जरुरी छ ।
१. भारतको मुम्बईमा २६ नर्सहरु सहित केहि डाक्टरहरु सक्रमित भए भन्ने खबर सहित वर्क हार्ड अस्पताललाई नै क्वारेन्टाइन नै घोषणा गरेको छ । र उक्त अस्पतालमा कार्यरत करीब पौने तीन सय कर्मचारीहरुलाई कोरोनाको परिक्षण गराउनु परेको छ ।
२. अमेरिका तयार छैन र नर्सहरु सुरक्षित छैनन्, म आफै सुरक्षित छैन भने म कसरी सेवा दिन सक्छु । म बिना मास्क कोभिड १९ को उपचारका लागि ड्युटीमा जानु भन्दा जागिर नै छोड्छु भनेकी छिन एक जना अमिरिकी नर्सले । उनकी अर्की सहकर्मी नर्सले म निक्कै चिन्तित छु, निराश छु अमेरिकाको केन्द्रिय रोग नियन्त्रणद्वारा बाहिर आएको रुदै बिलौना गरेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । आम नर्सहरु त्रसित हुन पुगेका छन् अहिले । काम गर्दा नैराश्यता उत्पन्न हुनु, क्रोध र रीस, उठनु छटपटी भैरहनु , चिन्ता र डर देखाएको छ उनीहरुमा ।
सन् १९०४ नोबेल पुरस्कार बिजेता रुसी बैज्ञानिक इभान पि प्याभलभले सिकाइको क्लासिकल कन्डिनसिनिङ सिद्दान्त प्रतिपादन गरेका थिए । यसको प्रयोग बिपद ब्यवास्थापनमा भएको देकिन्छ । उहाँले प्रयोग गर्दाका तीन वटा चरणहरुलाई ध्यान दिनु अहिले सान्दर्भिक हुन आउछ । पहिलो महामारी पूर्वको अवस्था, दोश्रो महामारी शुरुवात भैसकेको अवस्था र तेश्रो महामारीपछिको अवस्थालाई ध्यान दिनु जरुरी हुन आउछ । अहिले हामी पहिलोबाट दोश्रोको अवस्थामा संख्यात्मक हिसाबले सामान्य नै छ । यही समयमा ध्यान दिन सक्यो भने हामीले अरु देशको सिकाइको अनुभवबाट राम्रो ब्यवस्थापन सहित अगाडि बढन सक्छौ । त्यसका लागि पनि स्वास्थ्यकर्मीहरुको आधारभुत आवश्यकतालाई ध्यान दिन सक्यौ भने भोली आउन सक्ने बिपतलाई सामना गर्ने जनशक्ती बचाउन सक्छौ । अन्यथा बिकराल समस्या आउन सक्छ ।
अहिले ९ जना संक्रमितको अवस्था कोभिड पूर्व को अवस्था हो र यहाँ पुर्ण आवश्यकिय अत्यावश्यक साम्रग्रीहरु सहित नर्स र स्वाथ्इकर्मीहरुलाई तयार पार्नु हो । र जब संक्रमणले देश भरी महामारी को रुप लिन्छ त्यो शुरुवात भैसको अवस्थामा के गर्ने ?कसरी गर्ने ? भन्ने तयारी हुनु जरुरी छ । महामारीपछिको अवस्थाको आकलन गर्न पनि जरुरी हुन आउछ । हामीले सिकाइका सिद्दान्तका आधारमै पनि अमेरिका र भारतको गल्ती हुन नदिन नर्सहरुलाई भय मुक्त बातावारण गराउनु राज्यको अहिलेको प्रमुख कार्यभार हुन आउछ । र यो महामारीको युद्द जित्न सकिन्छ ।
हाम्रो देशमा थुप्रै स्टाफ नर्सहरु हुनुहुन्छ । धैरेलाई अहिलेको समयमा शारीरिक स्वास्थ्यसंगै ,मानसिक हेरचाह, कसरी गर्ने ? र बिपद्को बेला आफु र बिरामीलाइ सेवा दिदा के कस्ता चुनौतीहरु को सामना गर्नुपर्ने ? भन्ने कुरालाई ध्यान दिदै नेपाल सरकार नर्सिङ र मिडवाइफ स्वास्थ्यकर्मीका लागि छुट्टै बिशेश प्याकेज सहितका बिभिन्न तालिमहरु सहित मनोबैज्ञानिक प्राथमिक सेवाका आधारभुत तालिम दिनु अनिवार्य देखिन्छन । किन भने अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्र वा चौकी वा प्रतिस्ठान जता भए नि बिरामी र बिरामीको आफन्तको पहिलो भेट हुने भनेको नर्स वा मिडवाइफहरु सन्ग नै हो । विश्व स्वास्थ्य संगठनले विश्वका दुईसय भन्दा बढी राष्ट्रमा कोरोना भाइरसको संक्रमण फैलिसकेको तथ्यांक सार्वजनिक गरेको छ । सन् २०१९ को डिसेम्बर ३१ मा चीनको हुबेइ प्रान्तको वुहानबाट फैलिएको यो भाइरस संक्रमणका कारण आजसम्म १३ लाख १० हजार ९२ मानिस संक्रमित भइसकेका छन भने ७२,३७७ ज्यान गुमाइसकेका छन । र यी सबैसँग पहिलो भेटका रुपमा नर्सहरु ले नै सेवा र सहयोग दिनु परेको छ । यसलाई मनन गरी आवश्यक कदम चालनु आजको दिनमा उपयुक्त देखिन्छ ।
नेपालमा वीर, त्रीबी लगायतका स्वाथ्यकर्मीहरुले ९५ मास्क र सेनिटाइजरको माग गरी रहेका छन । र त्यो बाहेक साम्रग्रीहरु पनि समयमा पुर्याउन सकेमा साच्चै नै नर्सहरु र सुडेनीहरु सबैलाई सहयोग गर्न सकिन्छ र सबै सुरक्षित हुन सक्छौ ।
नेपालमा यो महामारीको समयमा टिचिङ लगायतमा नर्सहरु को ड्युटी आवर नै ८ बाट १२ गर्नु पर्ने अवस्थाले झ्न शारीरिक अवस्थामा समस्या देखिन सक्ने भएकाले स्वास्थ्य कर्मीहरुको मानसिक स्वास्थ्यबारेमा ख्याल गरौँ । हामीलाई गहन कुरा बुज्नु के छ भने जन्म लिने प्रतिशत मान्छे मर्छन नै । कोही अगाडी वा पछाडी मात्र हो । त्यस्तो एउटा मान्छे महामारीले भन्दा नि मनोबिज्ञानिक त्रास , डर र चिन्ताले मर्न पुग्छ ।
म यो कहाँनीबाट लेखबिट मार्ने कोशीस गर्छु । अरबिक साहित्य दर्शनमा बग्दादको एक मिथ्था कहानी छ, एक जना सन्त बगदाद नजिकै बस्दैथे, एक दिन एउटा काली छाया बगदाद शहर प्रबेश गर्न लाग्दा उसले रोकेर भन्यो को हो कता जादैछौ ? म काल हु र १०० मानिस लिन आएको हु र करीव २० दिन पछि फर्किदा सन्तले भन्यो, तिमीले १०० जना लिन आउछु भनेको तर यहाँ त १००० हजार मरे र जवाफ आयो मैले १०० नै मारेको हु बाकी त आफै डर वा भयले अरुलाई देखेर मरे यसमा मेरो दोष केहि छैन ।
यसकारण राजयले यो कहानीबाट स्वास्थ्यकर्मीहरुको मानसिक स्वास्थ्यका बारेमा ध्यान देओस । नियमित ब्यायाम, अभ्यास, योगा र ध्यान गर्ने वातावरण निर्माण गरी सबैले धैर्य र आत्मबल बढाउने बारेमा ध्यान देओस । निद्रा कम्न्तिमा ६ देखि ८ घण्टा सुत्ने र पेशाकर्मी को बारेमा ध्यान देओस । आत्मबल बलियो गरौ, सबैको जय होस, कोरोना हारोस र हामी सबैको जीत होस् (लेखक मनोविद् हुनुहुन्छ ।)
बिश्व स्वास्थ्य दिवस, कोरोना र नेपाल

Leave a Reply