हेल्थ टुडे,
काठमाडौं, २५ चैत: सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले सुदूरपश्चिम प्रदेश कोरोना भाइरसको उच्च जोखिममा रहेकोले कैलाली, कञ्चनपुरमा मात्र नभएर प्रदेशका ९ वटै जिल्लामा र्यापिड डाइग्नोस्ट्कि किट्स मार्फत तत्काल नमुना परिक्षण गर्न ढिला गर्न नहुने बताएका छन् । सुदूरप्रदेश सरकारसँग स्रोत, साधन र जनशक्ति अभाव भएकाले केन्द्र सरकारले बिशेष पहल गरेर यो संकटलाई पार लगाउनु पर्ने डा. अवस्थीले बताए । चैतको दोश्रो हप्ता मात्र कामका लागि भारतका विभिन्न शहर गएका करिव डेढ लाख नेपाली सुदूरपश्चिमका विभिन्न नाका भएर स्वदेश फर्किएका छन । उनीहरु कैलाली, कञ्चनपुरको क्यारेन्टाइनमा मात्र नबसेर सुदूरपश्चिमका ९ वटै जिल्ला पुगकोले यो प्रदेश नै उच्च जोखिममा रहेकाले क्यारेन्टाइनमा रहेका सबैको कोरोना परिक्षण हुनु पर्ने डा.अवस्थीको अडान छ । उनले भने,‘अहिले नै ९ वटै जिल्लामा नमुना परिक्षण गर्ने र पोजिटिभ देखिएकाहरुलाई उचित उपचारको व्यवस्था गर्न सकिएन भने यसले देशभरि नै आगो सल्किने छ । ’
विदेशबाट आएहरुमा मात्र नभएर उनीहरुका आफन्त र सम्पर्कमा आएकाहरुमा समेत संक्रमण फैलिन थालेको अवस्थालाई मध्यनजर गरेर सबै जिल्लाका सदरमुकाममा स्काई भ्यान मार्फत हुन्छ की मोवाइल भ्यान मार्फत क्यारिन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट गर्नु पर्नेमा डा. अवस्थीको जोड छ । सिमित श्रोत र सधानका आधारमा आफूहरु रात दिन नभनि लागी परेको भएपनि केन्द्र सरकारले बिशेष पहल नगर्ने हो भने स्थिति भयाभव हुनसक्ने जानकारी स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीलाई आफूले दिदैआइरहेको डा. अवस्थीले बताए । कैलालीमा ३ र कञ्चनपुरमा १ जनामा कोरोना सक्रमण फेला परेपछि सरकारले यो प्रदेशलाई उच्च जोखिममा राखेर कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबै जनाको र्यापिड डाइग्नोस्टिक किट्स मार्फत पहिलो चरणमा नमुना परिक्षण गर्न र त्यसमा पोजिटिभ देखिएका पिसिआर टेष्ट गर्ने निर्णय सरकारले गरको थियो । त्यही अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार एक टोली सुदूरपश्चिम गएको छ । सोमबार टोली पुगिसकेको र मंगलबारदेखि नमुना परिक्षण सुरु गरिने स्वास्थ्य निर्देशनालयका क्यारिन्टाइन एवं नमुना परिक्षण फोकल पर्सन हेमराज जोशीले जानकारी दिएका छन । जोशीका अनुसार कैलाली र कञ्चनपुरमा करिव ६ सय र सुदूरपश्चिम प्रदेश भरि २ हजार भन्दा बढी क्यारिन्टाइनमा छन । यी सबै कोरोनाको उच्च जोखिममा छन ।
सुदूरपश्चिममा ९ वटै जिल्लामा कोरोना परिक्षण गर्न नसकिए देशभरि आगो सल्किन्छ : डा.अवस्थी

Leave a Reply