• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कैलालीको गौरीगंगाका २८३ को आरडिटी गर्दा कोरोना नेगेटिभ

April 23rd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कैलालीको गौरीगंगाका २८३ को आरडिटी गर्दा कोरोना नेगेटिभ

सुरत रावत,
कैलाली, ११ बैसाख : कैलालीको गौरीगंगा नगरपालिकाका बिभिन्न वडाहरु र क्वारेन्टाइनमा रहेका गरि २८३ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरसको नमुना परिक्षण गर्दा सबैको नेगेटिभ आएको छ । कसैमा पनि कोरोना भाइरस पोजेटिभ नपाइएपछि यहाँका स्थानिय खुसी भएका छन् । रोजगारीका लागि भारत गएका नगरपालिकाका सयौं बासिन्दा यो बिचमा घर फर्किएकाले स्थानिय वासिन्दा कोरोना संक्रमणको त्रासमा थिए ।
गौरीगंगा नगरपालिकामा चैत २८ गतेदेखि सुरु गरिएको आरडिटी चेकजाँच वडा नम्बर दुई, पाँच, छ, सात, नौ तथा ११ नम्बर वडामा बसोबास गरिरहेका र चौमालाको मालिका माविको क्वारेन्टाइनमा रहेका २३ जना गरि २८३ को आरडिटी चेकजाँच गरिएकोमा कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको प्राथमिक स्वास्थ्य केन्द्र चौमालाका डा. फुलराम चौधरीले जानकारी दिए । बिहीबार मात्र गौरीगंगा नगरपालिकाको वडा नम्बर ६ मा ५८ जना र चौमालाको मालिका माविमा रहेका २३ गरि ८१ जनाको आरडिटी चेकजाँच गरिएको छ । भारत लगायत अन्य देशबाट नगरपालिका फर्किएका सबैको आरडिटी चेकजाँच गरिने डा. चौधरीले बताए ।
भारत लगायत अन्य देशबाट आएकाहरु ५८ जना चेकजाँच गराईएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको थोरै भएपनि मानसिक त्रास कम भएको गौरीगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कमला शर्माले बताइन । सुदूरपश्चिम प्रदेशमा विगत एक महिना यता एक लाख भन्दा बढी नेपाली स्वदेश फर्किएकाले यो प्रदेशलाई कोरोनाको जोखिमपूर्ण प्रदेशका रुपमा लिइएको छ । यो प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेकोमा तिन जना निको भएर घर फर्किसकेका छन भने दुई जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा आठ हजार भन्दा बढीको आरडिटी विधिबाट कोरोनाको नमुना परिक्षण भइसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उदयपुरमा मात्र २ हजार भन्दा बढीको पिसिआर परिक्षण गरिने
Next article उदयपुरमा मात्र २८ जनालाई कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४७ पुग्यो, ९ जना निको भएर फर्के

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web