• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 21st, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

कोरोना नियन्त्रणका लागि सरकारका ६ टी फर्मुला

April 13th, 2020 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना नियन्त्रणका लागि सरकारका ६ टी फर्मुला

हेल्थ टुडे,
काठमाडौं, १ बैसाख : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिले विश्वव्यापी कोरोना भाइरससँग लड्नका लागि सरकारले नयाँ फर्मुला ल्याएको बताएका छन । ६ टी फर्मुला ट्राभल्स रेस्ट्रिक्सन, टेष्टिङ्ग, ट्रेसिङ्गु, ट्रयाकिङ्ग, ट्रिटमेन्ट, टुगेदरको आधारमा सरकारले कार्यक्रम अगाडि बढाएको जानकारी दिदै उनले कोरोना भाइरसको संक्रमण रोक्न सबैको सहकार्य हुनु पर्नेमा जोड दिएका छन । नयाँ वर्षको अवसरमा बिशेष संवोधन गर्दै मन्त्री ढकालले चिकित्सकहरु र स्वास्थ्यकर्मीको मनोवल गिर्ने गरि कुनै काम सरकारले नगर्ने बताएका छन ।

स्वास्थ्यमन्त्री ढकालले गरेको सम्बोधनको पूर्ण पाठ
सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरु नमस्कार । आजबाट हामी नयाँ वर्षमा प्रवेश गरेका छौँ । सबैलाई नववर्ष २०७७ को हार्दिक शुभकामना दिन चाहान्छु । नयाँ वर्षसँगै कोरोना संक्रमणको विश्वव्यापी महामारीको यो विषम परिस्थितिमा देशलाई थप संक्रमणबाट मुक्त राख्न तपाईँ हामी सबैको सहकार्यले सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।
यस सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट दैनिक रुपमा यहाँहरुलाई अपडेट गराइरहेकै छौँ । यस संक्रमणको विकासक्रम सँगै हामीले आफ्ना रणनीतिहरुलाई थप परिष्कृत र परिमार्जित गरिरहेकै छौँ । अहिले मुख्य ६ वटा टी को फर्मुलाबाट आफ्ना रणनीतिहरु अगाडि सारेका छौँ ।

‘ट्राभल्स रेस्ट्रिक्सन’

यसको लागि आवतजावत बन्द गर्ने नै हो । जसको लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन भने नेपाल भित्र पनि गत चैत्र १० गतेदेखि लकडाउनको अवस्था छ ।
यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहन जरुरी छ । जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस। हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन । यो प्रभावकारी पनि सावित भएको छ ।
यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ । यसमा यहाँहरुले गर्नुभएको सहयोगको म उच्च मूल्याङ्कन गर्छु ।

‘टेष्टिङ्ग’
यस अन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमुना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ ।
कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधीमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा हामीले कार्यविधि बनाई व्यवस्थित गरेका छौँ । हाम्रो हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई सो दायरामा ल्याई परीक्षण गर्नु हो ।

ट्रेसिङ्गु
ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ती संक्रमितहरु न्जिकको सम्पर्कमा आउनुभयो त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो ।
हामीले धेरैजसो संक्रमितहरुको ट्रेसिङ्ग कार्य पुरा गरिसकेका छौँ भने पछिल्लो समयमा पहिचान भएका संक्रमितहरुको ट्रसिङ्ग कार्य भइरहेको छ । यो कार्य इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ ।

‘ट्रयाकिङ्ग’
सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनिहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रेकिङ्ग कार्य हो । यसको लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, ऋऋःऋ तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेवसाइट मार्फत ट्रेकिङ्ग कार्यलाई थप व्यवस्थित गरिएको छ ।
यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ । त्यसका साथै स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु र सम्बन्धित सबै सरोकावालाहरुलाई यस कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु ।

‘ट्रिटमेन्ट’
हालसम्म नेपालमा १३ जना संक्रमितको संख्या रहेको छ । जसमध्ये एक जना निको भएर घर फर्कि सक्नुभएको र १२ जना विभिन्न अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ । वहाँहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।
सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले आफ्नो रणनीति तय गरेको छ । कोरोना संक्रमणको उपचारको लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुलाई तोकिएको छ । कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको छ । कोरोना संक्रमण बाहेकका आकप्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामीहरु थप समस्यामा नपरुन र उनिहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेको ब्यहोरा अनुरोध छ । यस महामारीको घडिमा के सरकारी के गैह्रसरकारी सबै किसिमका अस्पतालहरुबाट उपचार गर्नु पर्ने हुन्छ । त्यसैले नेपाल भरका सबै किसिमका अस्पतालहरुलाई सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय तयारी अवस्थामा रहेको छ । यसमा सबैको सहयोगको अपेक्षा गर्दछु ।

‘टुगेदर’
कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन सिंगो देश नै लागिपरेको छ । उच्चस्तरीय समिति, ऋऋःऋ देखि लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटीहरु बनाइ कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ । यसका अतिरिक्त अन्य मन्त्रालयहरु तथा निकायहरुमा समेत विषयगत समितिहरु सक्रिय छन् ।

यस कार्यमा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, अत्यावश्यक दैनिक उपभोग्य सामानहरुको व्यवस्था गर्नेहरु, सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा सञ्चारमाध्यम लगायतसबै मिलेर मात्र यो लडाईमा हामीले विजय हाँसिल गर्न सक्नेछौँ ।

यस संक्रमणको नियन्त्रण र रोकथामको लागि आवश्यक पर्ने पीपीई।, परीक्षणको लागि आवश्यक सामग्री लगायतका अन्य वस्तुहरुको हाल विश्वव्यापी रुपमा नै अभाव रहेको छ । सामानहरु प्राप्तिका लागि र रोगबाट बच्नका लागि विश्वस्तरमा राष्ट्रहरुले गर्दै आएका प्रयत्नहरुलाई हामी सबैले नजिकबाट नियालीरहेकै छौँ । तसर्थ हामीले देशमा आफुसँग भएको साधन श्रोतको अधिकतम उपयोग गरौँ । दुरुपयोग नगरौँ । आफुसँग भएका सामानको समुचित प्रयोग गरौँ भन्ने हाम्रो अनुरोध छ । यो चुनौतिको सामना हामी सबै एकजुट भई काम गरेर मात्र सम्भव छ । देशलाई महामारीबाट बचाउ । बाँकी बहस पछि गरौँला । महामारीको यो लडाईमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौँ ।
यस्तो विषम परिस्थितिमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ । यहाँले निर्वाह गर्नुभएको रचनात्मक भूमिकाकोम कदरगर्दछु । आगामी दिनमा यहाँहरुबाट कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि अझ सकारात्मक र रचनात्मक भूमिकाको अपेक्षा गर्दछु ।

कोरोना संक्रमण बिरुद्धको यो लडाईको अग्रमोर्चामा नेतृत्व गरिरहनु भएका चिकित्सक र स्वास्थ्यकर्मीहरु नै हुनुहुन्छ । वहाँहरुको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउनु राज्यकोपहिलो प्राथमिकता हो । तसर्थ यो मन्त्रालय चिकित्सक र स्वास्थ्यकर्मीको बारेमा अत्यन्त सचेत छ । उपचारको क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका सामाग्रीहरु यथेष्ट मात्रामा पु¥याउन हामी लागि परेका छौँ । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारी लगायत कोरोना संक्रमणको नियन्त्रणमा खटिने जनशक्तिलाई प्रोत्साहन स्वरुप सत प्रतिशतसम्म भत्ता र बिमाको समेत व्यवस्था गरिसकिएको छ । अहिले हामी सबै नै क्वारेन्टाइनमा छौँ । घरभित्रै बसेका छौँ । तर हाम्रो स्वास्थ्य तथा सुरक्षाको लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दैनिक उपभोग्य वस्तुहरुको व्यवस्था गर्न अत्यावश्यक सेवा प्रदान गर्ने व्यक्तिहरु हुनुहुन्छ । राष्ट्र र जनताको सेवामा क्रियाशील वहाँहरुले गर्दा नै हामी घरभित्र सुरक्षित रहन पाएका छौँ । वहाँहरु सबैलाई धन्यवाद दिन चाहान्छौँसाथै वहाँहरुको मनोबल उच्च बनाउने काममा सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौँ ।

अन्त्यमा
हरेक नागरिकले आफ्नो पुरै जीवनकालमा देशलाई गर्ने योगदान अहिले गर्न सक्छौँ । यसको लागि हामीले अहिले गर्ने भनेको आजको यो समयमा घरभित्र क्वारेन्टाइनमा रहनु हो । तपाई हाम्रो यो सहयोगले सिंगो देशलाई कोरोना संक्रमणको महामारीबाट बचाउन मद्दत पुग्छ । आजको परिस्थिति मानव जातिको रक्षाको लागि योगदान गर्ने अवस्था हो । यस्तो कठिन एवं असाधारण परिस्थितिमा राज्यले अबलम्बन गरेको लकडाउन र अन्य व्यवस्थाहरुलाई आत्मसात गरि तपाइहरुले गर्नुभएको महत्वपूर्ण सहयोग प्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछु । अन्त्यमा, कोभिडविरुद्ध हामी सबैको आ–आफ्नो तर्फबाट सकारात्मक योगदान रहने विश्वास व्यक्त गर्दै पुनः नवबर्षको शुभकामना व्यक्त गर्न चाहन्छु ।
धन्यबाद ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कैलाली र रौतहटमा थपिए फेरि दुई जना संक्रमित, अहिलेसम्म कोरोना संक्रमित १४
Next article सनसिटी अपार्टमेन्टका आरडिटी जाचमा पोजेटिभ देखिएका तीनमध्ये दुई जनामा कोरोना पुष्टि, एकको रिपोर्ट आन बाकी

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

एनेस्थेरिया विशेषज्ञको अभाव

एनेस्थेरिया विशेषज्ञको अभाव

ल्याव असिस्टेटका भरमा स्वास्थ्य प्रयोगशाला

ल्याव असिस्टेटका भरमा स्वास्थ्य प्रयोगशाला

Leave a Reply Cancel reply

Timeline
Apr 20th 5:48 PM
समाचार

पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमललाई कोरोना संक्रमण

Apr 20th 5:24 PM
समाचार

२१ प्रतिसत सरकारी कार्यालयमा मात्र ‘धूम्रपान निषेध’ लेखिएका साइन बोर्ड 

Apr 19th 5:41 AM
समाचार

कोरोना परिक्षण गरिएका १९ प्रतिसत पोजिटिभ,सबैभन्दा बढी काठमाडौ र नेपालगन्जमा

Apr 19th 5:19 AM
समाचार

काठमाडौं उपत्यका लगायत कोभिड–१९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

Apr 8th 5:53 AM
समाचार

अब ७५ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

Apr 4th 8:25 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौँ कलेजो प्रत्यारोपण

Apr 2nd 4:36 AM
समाचार

हात्तीपाइले रोगविरुद्धको औषधि नखाइदिँदा समस्या

Mar 29th 8:48 AM
समाचार

चीनबाट आज ८ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्दै

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1067
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

9
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web