• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आउदो बजेटमा स्वास्थ्यलाई पहिलो प्राथमिकता

May 10th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आउदो बजेटमा स्वास्थ्यलाई पहिलो प्राथमिकता

हेल्थ टुडे,
काठमाडौं, २८ बैसाख अर्थमन्त्री डा.युवराज खतिवडाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर आउदो बजेट आउने बताएका छन । सरकारले आगामी वर्षको बजेट तथा नीति कार्यक्रमका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गर्ने क्रममा आईतबार मन्त्री खतिवडाले यो कुरा बताएका हुन । मन्त्री खतिवडाले स्वास्थ्य, स्वास्थ्य पूर्वाधारको विकासपछि रोजगारी सिर्जना तथा कृषि क्रान्तिलाई समेत प्राथमिकता दिएर बजेट आउने जानकारी दिएका हुन् ।
खतिवडाले कोरोना महामारीका कारण उत्पन्न आर्थिक तथा सामाजिक समस्यालाई समाधान गरी दीगो पूर्वाधार निर्माण गर्न बजेट तथा कार्यक्रम केन्द्रित हुने बताए ।
तत्काल कोरोना महामारीसँग जुध्न तथा भविष्यमा आउनसक्ने यस्तै प्रकोपसँग जुध्नका लागि आवश्यक स्वास्थ्य पूर्वाधार निर्माण सरकारको पहिलो प्राथमिकता भएको र आगामी वर्षको बजेट तथा कार्यक्रम पनि त्यसरी नै आउने उनले जानकारी दिए ।
प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा उपलब्ध स्रोत साधानको अधिकतम उपयोग गरी स्वास्थ्य पूर्वाधार, जनशक्ति उत्पादन तथा इक्वीपमेन्ट व्यवस्थापन गर्नका लागि बजेट तथा कार्यक्रम तर्जुम्मा हुने उनले जानकारी दिए । यसमा हरेक नेपाली नागरिकमा स्वास्थ्य उपचारको पहुँच स्थापित गर्नका लागि बीमा पनि विस्तार गरिने उनको भनाइ छ ।
खतिवडाका अनुसार सरकारले विदेशी सहायतालाई पनि स्वास्थ्य तथा दीगो विकासका आयोजनामा परिचालन गर्ने रणनीति लिनेछ भने यो रणनीति नियमित भन्दा फरक हुने छ । विश्वका कयौं देशले स्वास्थ्यमा कुल बजेटको १० प्रतिसत भन्दा बढी बजेट बिनियोजन गर्दै आइरहेका छन । नेपालमा पनि कुल बजेटको १० प्रतिसत बजेट स्वास्थ्यमा विनियोजन हुनु पर्ने माग बारम्बार उठ्दै आइरहेको भए पनि सरकारले चार देखि साडे चार प्रतिसत बजेट मात्र बिनियोजन गर्ने गरेको छ । चालु बर्षमा स्वास्थ्यको बजेट साडे चार प्रतिसत छ । थोरै बजेटका कारण स्वास्थ्य सेवाको विकास र स्वास्थ्य पुर्वाधारको विकास गर्न नसकिएकोले बजेट बढाउनु पर्ने माग उठ्दै आइहेको छ । यो वर्ष विश्वव्यापी कोरोनाको महामारीका कारण सरकारले स्वास्थ्यमा व्यापक बजेट बढाउन लागेको हो । सरकारका लागि स्वास्थ्य पुर्वाधार सुधार्ने र सरकारी स्वास्थ्य सेवा मजबुद बनाउने यो मौका पनि भएको विज्ञहरुले बताएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्वारेन्टाइनमै जन्मिए जम्ल्याहा
Next article डा. ज्ञवालीलाई मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त गरेकोमा सरकरी चिकित्सकहरुको आपत्ति, निर्णय तत्काल सच्याउन माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz