हेल्थ टुडे,
काठमाडौं, ३१ बैसाख : नेपालमा पहिलोपटक एक जना नर्समा कोरोना संक्रमण भएपछि देशका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरु सहित स्वास्थ्यकर्मी थप सतर्क भएका छन् । मंगलबार प्रदेश नम्बर ५ मा एकजना नर्समा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कपिलबस्तुको तौलिहवा अस्पतालमा कार्यरत रहेको पाइएको छ । मंगलबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो एर्कैदिन ८३ जनामा थप संक्रमण देखिएको छ । विभिन्न अस्पतालमा कार्यरत नर्सहरुले सतर्कता अपनाएर काम गर्ने तर घटनाबाट त्रसित नहुने बताएका छन । कोराना उपचारमा टेकु अस्पतालमा कार्यरत एक नर्सले भनिन, एकजना नर्समै पोजिटिभ देखिएपछि हामी सबैले थप सतर्क हुने अवस्था आएको छ । हुन त पहिलेदेखि नै सतर्क नै थियो । यो घटनाले जोखिम झन बढाइदियो । नेपालमा कुल कोरोना संक्रममितको संख्या २१७ पुगेको छ । मंगलबारकै दिन विरगन्जका पहिलो पटक दुई जना पत्रकारहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पहिलोपटक एक जना नर्समा कोरोना देखिएपछि थप सतर्कता

Subscribe
Login
0 Comments