• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डब्लूएचओलाई ट्रम्पको ३० दिने अल्टिमेटम, नसुध्रे सधैँका लागि सहयोग रोक्ने चेतावनी

May 19th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डब्लूएचओलाई ट्रम्पको ३० दिने अल्टिमेटम, नसुध्रे सधैँका लागि सहयोग रोक्ने चेतावनी

एजेन्सी,

वासिङ्टन, ६ जेठ : विश्व स्वास्थ्य संगठन ( डब्लूएचओ ) लाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० दिने अल्टिमेटम दिएका छन् । ट्रम्पले डब्लूएचओलाई आफूभित्र सुधार नगरे अमेरिकाले दिँदै आएको सहयोग सधैँका लागि रोक्ने चेतावनी दिएका छन् ।
सोमबार राति प्रेस मिटका क्रममा राष्ट्रपति ट्रम्पले डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एडहानोम गेहब्रेयससलाई संगठनको सुधारका लागि ३० दिनको समयसीमा दिएका छन । यदि ३० दिनभित्र संगठनको कार्यशैलीमा परिवर्तन नल्याए स्थायी रुपमा सहयोग रोक्ने चेतावनी उनले दिएका छन । ट्रम्पले महानिर्देशक ट्रेडोसलाई लेखेको पत्र ट्वीटमार्फत सार्वजनिक गरेका छन ।
चीनको प्रशंसा गरेकोप्रति डब्लूएचको आलोचना गरेको भन्दै ट्रम्पले लेखेका छन,‘यो स्पष्ट छ कि तपाईँ र तपाईँको संगठनले बारम्बार चालेका कदमको मूल्य विश्वले चुकाउनु परेको छ । विश्व स्वास्थ्य संगठनका लागि एउटा मात्र बाटो भनेको वास्तवमै चीनको दबाबमा नआई काम गर्नुु हो ।’
ट्रम्पले भनेका छन, ‘मेरो सरकारले संगठनको सुधार गर्ने भन्नेबारेमा तपाईंसँग छलफल सुरु गरिसकेको छ तर छिटोभन्दा छिटो कदम चाल्नुपर्ने आवश्यकता छ । हामीले समय खेर फाल्नु हुँदैन ।’ अमेरिकाले डब्लूएचओलाई वार्षिक रुपमा ४ सय देखि ५ सय मिलियन अमेरिकी डलरसम्म सहयोग गर्दै आएको उल्लेख गर्दै ट्रम्पले चीनले ‘मात्रै ४० मिलियन’ सहयोग गर्ने गरेको बताए ।
यसैबीच चीनले विश्व स्वास्थ्य संगठनलाई २ अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । उक्त रकम दुई वर्षभित्र प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बताएका छन । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ नियन्त्रण तथा न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघीय निकायलाई चीनले उक्त रकम सहयोग गरेको सीको भनाइ छ । विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सीले कोरोना भाइरससम्बन्धी सम्पूर्ण विवरण चीनले डब्लूएचओ र अन्य देशहरूलाई उपलब्ध गराउने पनि जानकारी दिएका छन ।
‘हामी कोरोना भाइरस नियन्त्रण र उपचारसम्बन्धी आफ्ना अनुभव सबैलाई बाँड्न चाहन्छौं, हामीले हाम्रो स्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौं, सीले भने । संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेका बेला चीनले भने सहयोगको हात फैलाएको हो ।
अमेरिकाले सहयोग कटौती गर्ने घोषणा गरेपछि विश्वभरबाट आलोचना भएको थियो । विश्वव्यापी महामारीका कारण संगठनलाई अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै संगठनले सहयोगका लागि अपिल गर्दै आएको छ ।
आगामी दिनमा डब्लूएचओ चीन र अमेरिकाको विवादको चेपुवामा पर्ने देखिएको छ । विश्लेषकहरुले स्वास्थ्य क्षेत्रको वैश्विक संगठनलाई कसैले पनि हस्तक्षेप नगरी स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने बताएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘कोबिड– १९’ प्रतिरोधी आहारपूरक फुडसप्लिमेन्ट
Next article नेपालमा पहिलो पटक चिकित्सकलाई पनि कोरोना संक्रमण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz