• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन भोलीदेखि, ८६ वटा अनुसन्धानमूलक प्रस्तुतिकरण हुने

July 5th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन भोलीदेखि, ८६ वटा अनुसन्धानमूलक प्रस्तुतिकरण हुने

हेल्थ टुडे,

काठमाडौं, २१ असार : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा यही असार २२ र २३ गते आयोजना हुने छैटौ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको  सम्मेलनमा ८६ वटा अनुसन्धानमूलक प्रस्तुतिकरण हुने भएको छ । ‘अन्तरविषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका सवालहरुको सम्बोधन ’ भन्ने मूल नाराका साथ हुन लागेको भर्चुअल सम्मेलनको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार २२ गते उद्घाटन गर्ने छन ।

दुई दिनसम्म चल्ने सम्मेलनमा स्वदेश र बिदेशका स्वास्थ्य तथा जनसंख्या विज्ञहरुमध्ये छानिएका ८६ वटा प्रस्तुतिकरण समावेश गरिएको छ । ती मध्ये ३२ वटा मौखिक प्रस्तुतिकरण र ५४ वटा पोस्टर प्रस्तुतिकरण हुने परिषद्ले जनाएको छ । सम्मेलनमा कोरोना भाइरस सम्बन्धी प्रत्यक्ष रुपमा ८ वटा प्रस्तुतिकरण गरिने परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा. मेघराज धिमालले जानकारी दिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले सम्मेलनमा १० वटा आमन्त्रित प्रस्तुतिकरण रहने र त्यसका बारेमा गहन छलफल हुने बताए । भर्चुअल रुपमा आयोजना हुने सम्मेलनमा अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, फिलिपिन्स, बेल्जियम, थाइल्याण्ड, जर्मनी लगायतका देशका बिज्ञहरु समेत सहभागी हुने डा. ज्ञवालीले जानकारी दिए । सम्मेलनमा प्रस्तुत भएका प्रस्तुतिकरणहरुमध्येबाट एक एक जनालाई उत्कृष्ठ मौखिम प्रस्तुुतिकरण र उत्कृष्ठ पोस्टर प्रस्तुतिकरण अवार्ड प्रदान गरिने छ ।

त्यसैगरि परिषद्को जर्नलमा वर्षभरि प्रकाशित अनुसन्धानमूलक लेखहरुमध्ये उत्कृष्ठ आर्टिकललाई दुर्गादेबी ज्ञवाली उत्कृष्ठ कृति पुरस्कार २०२० प्रदान गरिने छ । त्यसैगरि उत्कृष्ठ अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल टष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, लाइभटाइम एचिभमेन्ट अवार्ड र परिषदमा उत्कृष्ठ काम गर्ने कर्मचारीलाई बेष्ट परफरमेन्स अवार्ड प्रदान गरिने छ । परिषद्ले बिगत ६ वर्षदेखि आफ्नो स्थापना दिवसको अवसर पारेर अप्रिल १० देखि १२ सम्म सम्मेलन गर्दै आइरहेकोमा यस बर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको थियो । भर्चुअल रुपमा भए पनि सम्मेलन गर्नु पर्नेमा परिषद्का विज्ञहरु सहमत भएपछि दुई दिने यो सम्मेलन आधुनिक प्रविधिको प्रयोग गरेर भर्चुअल रुपमा हुन लागेको हो ।

सम्मेलनको पूर्वसन्धयामा परिषद्ले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाले सम्मेलनमा प्रस्तुत हुने अनुसनधानमूलक प्रस्तुतिकरणले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा भविश्यमा चाल्नु पर्ने कदमका बिषयमा नीति निर्मातालाई समेत दिशानिर्देश गर्ने भएकाले सम्मेलनको भूमिका ठूलो रहेको बताए । सम्मेलनमा युवा वैज्ञानिकहरुलाई अझ वढी महत्व दिइएको उनले जानकारी दिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदिप ज्ञवालीले सम्मेलनको उद्घाटन सत्रको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था समेत मिलाईएको जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राजधानी नै कोरोना संक्रमणको उच्च जोखिममा
Next article स्वास्थ्य अनुसन्धान परिषद्ले गर्यो कोरोना अस्पतालहरुको तयारी र तत्परता सम्बन्धी अध्ययन, २० अस्पतालमा मात्र आईसियू

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz