• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा १२ जना पक्राउ

July 13th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा १२ जना पक्राउ

हेल्थ टुडे,

काठमाडौं, २८ असार :  नक्कली कागजात तयार पारेर गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा नेपाल प्रहरीको मानव तस्करी नियन्त्रण व्यूरोले चितवनको भरतपुर मेडिकल कलेजका प्रमुख सञ्चालक अधिकृत डा.सुप्रभात श्रेष्ठ र प्रत्यारोपणको नेतृत्व गर्ने डा. रोकश बर्मा सहित १२ जनालाई पक्राउ गरेको छ ।

भरतपुर मेडिकल कलेजमा २०७६ साल जेठ २७ गते मिर्गौला प्रत्यारोपण गरिएका ललितपुरका ५७ बर्षिय पुरुषलाई मिर्गौला दान दिने व्यक्ति भक्तपुरका २७ बर्षिय युवकसंग उनको कुनै नाता नपर्ने भए पनि पक्राउ परेकाहरुको मिलेमतोमा उनलाई सक्कली भान्जा बनाएर फर्जी कागजात तयार गरेर प्रत्यारोपण गरेको पाइएको व्यूरोको अनुसन्धानले देखाएको छ ।

नौ महिना लामो अनुसन्धानपछि प्रहरीले अवैध मिर्गौला  प्रत्यारोपणको घटनामा नेपाल मेडिकल काउन्सिलको कार्यकारी समितिका सदस्यसमेत रहेका मेडिकल कलेजका प्रमुख सञ्चालक अधिकृत डा. सुप्रभात श्रेष्ठ, मेडिकल कलेजका कानुनी सल्लाहकार रमेश काफ्ले, जिप्रका चितवनमा कार्यरत अधिकृत रामचन्द्र ढकाल, काठमाडौंको नोबेल अस्पतालका डा. राकेशकुमार बर्मा, अस्पतालका डाक्टर बालकृष्ण कालाखेती, ललितपुर महानगरपालिका वडा ३ का अध्यक्ष गोपाल महर्जन, जिप्रका ललितपुरका अवकाशप्राप्त खरिदार नवराज केसी, भक्तपुर नगरपालिका वडा नम्बर ६ बस्ने जमुना राजभण्डारी र जिप्रका ललितपुरका कार्यालय सहयोगी रहेका छन । त्यसैगरि पक्राउ पर्नेमा रेश्मा राई, असई भीम खनाल, सई योगेन्द्र थपलिया पनि छन । अस्टेलियामा रहेको भान्जाको काजजातको आधारमा  भक्तपुरका ती युवकको नक्कली कागजात बनाइएको प्रहरीको दावी छ ।

मिर्गौला दान दिने नक्कली भान्जालाई १० लाख दिने भन्दै फकाएर मिर्गौला लिन सफल भएपछि यो गिरोहले ती युवकलाई दुई लाख रुपैयामात्र दिएपछि यो घटना सार्वजनिक भएको हो । मिर्गौला तस्करीको घटनामा प्रहरी नै जोडिनुलाई मिर्गौला तस्करीको जालो कतिसम्म पुगेको रहेछ भन्ने देखाउछ ।

प्रहरीले पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ । मानव शरीर अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ ले परिवार र एकाघरबाहेक व्यक्तिको मिर्गौला लिन वा दिन निषेध गरेको छ । ३९ प्रकारका नाताभित्रका व्यक्तिले मिर्गौला दान दिन सक्ने संसोधित ऐनमा व्यवस्था छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा थप तीन कोरोना संक्रमितको मृत्यु
Next article ओम्नी प्रकरणमा सार्वजनिक लेखा समितिले बोलायो स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. कार्की, पूर्व सचिव कोइराला र पूर्व महानिर्देशक श्रेष्ठलाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz