हेल्थ टुडे,
काठमाडौं, १ साउन : नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या भन्दा निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरुको संख्या बढ्दै गइरहेको छ । यसले नेपालमा कोरोनाको संक्रमण मत्थर हुदै गइरहेको भान हुन्छ । पछिल्ला २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ भने २१३ जना अस्पतालबाट डिस्चार्ज भएका छन ।
देशभरका २७ वटा ल्यावमा ४ हजार ९८१ नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनमा बिहीबार जानकारी दिए । यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । उनीहरुमध्ये ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २४९ जना निको भएका छन ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै धनुषामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुरका १७, ओखलढुंगाका १५, कैलाली र कञ्चनपुरका १४ र १४ जना, बाँके र डडेलधुराका ८ र ८ जना, इलाम र दैलेखका ६ र ६ जनामा संक्रमण पुष्टि भएको छ । झापा, सुनसरी र अछामका ४ र ४ जना, मोरङ, मकवानपुर र सुर्खेतका ३ र ३ जना, पर्सा, बाग्लुङ, सल्यान र जाजरकोटका २ र २ जना तथा काठमाडौं, उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्युठान, बर्दिया, दाङ, रुकुम पश्चिम, मुगु र बझाङमा एक एक जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Leave a Reply