• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 24th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देउराली जनताले नेपालमै पहिलो पटक उत्पादक गर्‍यो कोरोना उपचारमा प्रयोग हुने फ्याभिपिराभिर

September 23rd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देउराली जनताले नेपालमै पहिलो पटक उत्पादक गर्‍यो कोरोना उपचारमा प्रयोग हुने फ्याभिपिराभिर

हेल्थ टुडे,

काठमाडौं, ७ असोज : देशकै अग्रणी औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्यूटिकल्सले कोरोना संक्रमितको उपचारमा क्लिनिकल अध्ययनका लागि विश्वका धेरै देशले प्रयोग गरिरहेको फ्याभिपिराभिर नामक औषधिको उत्पादन सुरु गरेको छ । यो औषधिको उत्पादन सुरु गर्ने देउराली जनता पहिलो औषधि कम्पनी भएको उसको दाबी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति लिएर नेपालमा नै पहिलो पटक फाभिर २०० नाममा ट्याब्लेटका रुपमा उक्त औषधि उत्पादन गरेको देउराली जनताले बुधबार विज्ञप्ति मार्फत जानकारी दिएको छ ।  कोरोना भाइरसको उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरी औषधि व्यवस्था विभागबाट यही असोज ६ गते स्वीकृति प्राप्त भएको हो ।

उक्त औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषदसँग विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार कोरोना संक्रमितको उपचारका लागि ‘इन्भेष्टिगेसनल ड्रग फर इमरजेन्सी युज’ (अत्यावश्यक प्रयोग गर्न) को अनुसन्धानका लागि क्लिनिकल अध्ययन गरी प्रभावकारिता कायम गर्न सहकार्यको तयारी भएको देउराली जनताले जनाएको छ ।  विषम परिस्थितिमा फाभिर–२०० नामक औषधिलाई नेपाली जनताको उपचारका लागि उपलब्ध गराउन नेपाल सरकारबाट माग वा निर्देशन भएकामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक मात्रामा यो औषधि उपलब्ध गराउन कम्पनी तयार रहेको कम्पनीले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अहिलेसम्मकै सबैभन्दा बढी एकै दिन २०२० जना कोरोना संक्रमित
Next article नेपालमा करिब ३० प्रतिशत बयस्कमा उच्च रक्तचाप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

Jan 23rd 6:50 AM
समाचार

कोभिसिल्ड खोप वितरणमा अझै अलमल

Jan 21st 4:14 AM
समाचार

कोभिड–१९ विरुद्धको खोप इन्डियन एयरलाइन्सको विमानबाट आज १२ बजे काठमाडौं आइपुग्दै 

Jan 16th 7:25 AM
बिशेषज्ञ लेख

फोक्सोको क्यान्सर बढ्नुको मुख्या कारक धूमपान

Jan 16th 7:07 AM
स्वास्थ्य विशेष

धूमपान, मद्यपानले  बढायो नसर्ने रोगको जगजगी

Jan 14th 10:53 AM
समाचार

सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 

Jan 14th 6:02 AM
समाचार

परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने

Jan 13th 3:52 PM
बिशेषज्ञ लेख

किन हुन्छ बच्चा भक्भके ?

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

996
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web