हेल्थ टुडे,
काठमाडौं, १८ असोज : प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीका तीन सल्लाहकार, स्वकीय सचिव, सुरक्षा तथा अनुसन्धानतर्फका गरी ७४ जनामा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबारदेखि सबै भेटघाटका कार्यक्रम बन्द गरेका छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाकार सूर्य थापा ,स्वकीय सचिव इन्द्र भण्डारी, नेपाली सेनाका २८ जना, सशस्त्र प्रहरीका १८ जना, जनपद प्रहरीका २१ जना र राष्ट्रिय अनुसन्धानका ३ जनामा गरी कूल ७४ जनामा कोरोना भाइरसको संकमण देखिएपछि प्रधानमन्त्री ओलीले भेटघाटका सबै कार्यक्रम बन्द गरेको प्रम निवास स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई भने कोरोना संक्रमण देखिएको छैन। दुई दिन पहिले परीक्षणमा प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको स्रोतको दावी छ । प्रम निवासका करिव तीन दर्जन व्यक्तिको कोरोना परीक्षणको नतिजा आउन बाँकी भएको छ । एक हप्ता अगाडि प्रम ओलीकी स्वकीय चिकित्सक डा. दीव्या सिंहलाई पनि कोरोना संक्रमण भएको थियो । हाल उनी आइसोलेसनमा छिन । प्रम ओलीको दुई पटक मिर्गौला प्रत्यारोपण गरिएकाले पनि उनले स्वास्थ्यमा बिषेश ध्यान दिनु आवश्यक रहेको र पछिल्ला पटक निकट रहेर काम गरिरहेका सल्लाहकारहरु, सुरक्षाकर्मी र स्वकीय सचिवमा समेत कोरोना संक्रमण देखिएपछि चिकित्सकहरुले भेटघाट बन्द गर्नु पर्ने सल्लाह दिएका छन् ।
Leave a Reply