• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 28th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

February 14th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

हेल्थ टुडे,

विराटनगर, २ फागुन : ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा स्वास्थ्य विमा कार्यक्रम लागु भएको छ । प्रदेश १ मा १० लाख ९६ हजार ५ सय ३९ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

यसै बर्षको चैतसम्म ताप्लेजुङमा पनि कार्यक्रम लागू हुने प्रदेशको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ । स्वास्थ्य बिमा परिचयपत्र नवीकरण गर्नेको संख्यासमेत उत्साहजनक रहेको कार्यालयका सूचना अधिकारी महेश पोखरेलले जानकारी दिए । ‘यस प्रदेशमा ९० प्रतिशत हाराहारीमा नवीकरण भइरहेको छ,’ उनले भने । बोर्डको अध्ययनमा बिमित सेवाग्राहीमध्ये करिब १० प्रतिशतले सोचेअनुरूप सेवा पाउन नसकेको गुनासो गरेको पोखरेलको भनाइ छ । ‘यो संख्या पनि धेरै हो, बोर्डले त्यसलाई सक्दो छिटो व्यवस्थापन गर्छ,’ उनले भने ।

चिकित्सकले लेखेका सबै औषधि सेवा प्रदायक स्वास्थ्य संस्थामा नपाइएको, बिरामीको चाप व्यवस्थापन गर्नेतर्फ ध्यान नदिँदा उपचारमा धेरै समय लागेको, पुर्जी कटाउन झन्झट भएको, हरेक दिन पुर्जी दर्ता गर्नुपर्ने, बिमाको प्याकेजमा सम्पूर्ण औषधि नपरेकाले अन्य औषधि तथा प्याकेजको पैसा तिर्नुपरेको, स्वास्थ्य संस्थाले थप रकम माग गरेकालगायत गुनासा आउने गरेका छन् । बोर्डले प्रदेशका हरेक जिल्लामा आधारभूत एवं जटिल स्वास्थ्योपचार दिन सक्षम सरकारी एवं निजी स्वास्थ्य संस्थालाई सेवा प्रदायकका रूपमा यो कार्यक्रममा समेटेको छ ।

‘प्रदेश कार्यालयका साथै बोर्डका तर्फबाट बिमितहरूको मौखिक तथा लिखित गुनासाको प्रकृति हेरी यथार्थ रूपमा बुझ्ने, सक्दो स्थलगत अनुगमन, निरीक्षण तथा टेलिफोनबाट समेत समस्या समाधान गर्दै आएका छौं,’ उनले भने । झापामा देशकै सबैभन्दा बढी ४ लाख १३ हजार १ सय ८२ जना बिमित सदस्य छन् । दोस्रोमा सुनसरीबाट २ लाख ७३ हजार २ सय ६७ र तेस्रोमा मोरङबाट १ लाख ९३ हजार ७ सय ३ जनाले स्वास्थ्य बिमा गराएका छन् । प्रदेश १ मा सबैभन्दा पहिले २०७३ असार १५ मा इलाममा यो कार्यक्रम लागू भएको हो ।

इलाममा ९७ हजार १ सय ५६ बिमित सदस्य छन् । सोलखुम्बुमा बिमित सदस्य कम रहेको र अन्य पहाडी जिल्लामा बिमितको संख्या सन्तोषजनक रहेको कार्यालयले जनाएको छ । सोलुखुम्बुमा ६ हजार ७ सय ३७ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

उदयपुर र पाँचथरमा स्वास्थ्य बिमा दर्ता फाराम संकलनका क्रममा रहेको पोखरेलले बताए । सबैजसो जिल्लामा बिमित सदस्यमध्ये महिला बढी छन् । प्रदेशमा पुरुषभन्दा महिलाको संख्या बढी हुनु, भएका पुरुष पनि रोजगारी एवं जागिरका क्रममा घरबाहिर रहनुजस्ता कारणले बिमितमा महिलाको संख्या बढी देखिएको उनको विश्लेषण छ । स्वास्थ्य बिमासम्बन्धी ऐन, २०७४ अनुसार पाँच जनासम्मको परिवारका लागि वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेपछि स्वास्थ्य बिमा परिचयपत्र दिइन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’
Next article बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1023
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web