• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 19th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सभामुख, मन्त्रीहरु र सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप

March 3rd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सभामुख, मन्त्रीहरु र सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप

हेल्थ टुडे,

काठमाडौं, १९ फागुन :  प्रतिनिधि सभाका सभामुख सहित मन्त्रीहरु र सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान काठमाडौंको मिनभवनस्थित सिभिल हस्पिटलमा रहेको खोप केन्द्रमा उनीहरुले खोप लगाएका हुन् । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा सबैभन्दा पहिले सभामुख अग्नी सापकोटाले खोप लगाएका थिए । त्यसपछि पूर्वप्रधानमन्त्री प्रचण्डले खोप लगाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पनि सोही केन्द्रमा खोप लगाएका थिए ।

खोप केन्द्रको उचित व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठी, मन्त्रालयका सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिहं, राष्टिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक शुनिल शर्मा, नीति योजना महासाखा प्रमुख डा. गुणराज लोहनी, परिवार कल्याण महासाखाका निर्देशक डा. तारा पोखरेल लगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी र चिकित्सक बिहान ९ बजेदेखि नै खटिएका थिए । खोप केन्द्रमा कसैले गुनासो गर्ने अवस्था आउन नदिन मन्त्रीले सरोकारवालालाई निर्देशन दिएका थिए । खोप लगाउन आउने मन्त्री र सांसदहरुलाई स्वास्थ्य मन्त्रालयका सचिव अर्यालसहितको टोलीले स्वागत गर्ने गरेको थियो । मन्त्री त्रिपाठीले आज छुट भएका सबै मन्त्रीहरु र सांसदहरुलाई बिहीबार पनि खोप लगाइसकिने बताए । खोप केन्द्रमा सांसदहरुको बाक्लो उपस्थिति रहेको छ ।
सभामुख, अध्यक्ष, उपाध्यक्षका सचिवालयमा कार्यरत कर्मचारीहरु, हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि आजै खोप लगाउने कार्यक्रम निर्धारण गरिएको छ । सभामुख अग्नी सापकोटाले खोप लगाएपछि प्रतिकृया दिदै समयमै खोप लगाउन चाजोपाजो मिलाएकोमा स्वास्थ्य मन्त्रालय र चिकित्सकहरुलाई धन्यवाद दिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई
Next article विश्व मिर्गौला दिवस सम्पन्न, प्रत्यारोपण खेलकुदमा प्रत्यारोपित ४ गोलले बिजयी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Apr 19th 5:41 AM
समाचार

कोरोना परिक्षण गरिएका १९ प्रतिसत पोजिटिभ,सबैभन्दा बढी काठमाडौ र नेपालगन्जमा

Apr 19th 5:19 AM
समाचार

काठमाडौं उपत्यका लगायत कोभिड–१९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

Apr 8th 5:53 AM
समाचार

अब ७५ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

Apr 4th 8:25 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौँ कलेजो प्रत्यारोपण

Apr 2nd 4:36 AM
समाचार

हात्तीपाइले रोगविरुद्धको औषधि नखाइदिँदा समस्या

Mar 29th 8:48 AM
समाचार

चीनबाट आज ८ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्दै

Mar 25th 9:31 AM
समाचार

राजधानी बाहिर पहिलोपटक चितवन मेडिकल कलेजमा  कलेजो प्रत्यारोपण

Mar 21st 3:18 PM
समाचार

स्वास्थ्य मन्त्रालयको आग्रह : भारतमा कोरोना बढ्यो,नेपालमा पनि सतर्क तथा सावधान रहौं

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1065
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

7
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web