हेल्थ टुडे,
काठमाडौ, १६ बैसाख : कोरोना विरुद्घ सञ्चालित भेरोसिल खोप कार्यक्रम स्थगित तत्कालका लागि स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले गत चैत २५ गतेदेखि निरन्तर कोरोना विरुद्घ सञ्चालित भेरोसिल खोप लगाउने कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
दोश्रो चरणको खोप अभियान अन्तरगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्ष देखि ५९ बर्षसम्म उमेर समूहका व्यक्तिहरुलाई काठमाडौंमा यो खोप दिइरहेको थियो । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महासाखा र व्यवस्थापन महासाखाले उक्त खोप कार्यक्रम तत्कालका लागि स्थगित गर्न निर्देशन दिए पछि बैसाख १६ गतेदेखि स्थगित गरिएको हो । पहिलो निषेधाज्ञाका बेला पनि खोप कार्यक्रम चालु रहने भनिएको थियो । स्वास्थ्य मन्त्रालयले उपत्यकाका विभिन्न अस्पतालमा खोप केन्द्र राखेर खोप अभियान सञ्चालन गरिरहेको थियो ।