हेल्थ टुडे,
काठमाडौं, ६ जेठ : अक्सिनको अभावमा विभिन्न अस्पतालमा जिवनमरणको दोसाधमा पुगेका कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सिलिण्डर जोहो गर्दै आइरहेको ‘हन्ड्रेट ग्रुप ’ लाई स्वास्थ्य अधिकारकर्मी एवं प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्पेक) का सदस्य सचिव शान्तलाल मुल्मी र उनकी धर्मपत्नी तीर्थ मुल्मीले ५० हजार रुपैया सहयोग गरेको छ ।
अक्सिजन अभावमा छटपाटाई रहेका संक्रमतिका लागि ‘हन्ड्रेट ग्रुप ’ ले निस्वार्थ भावनाबाट विभिन्न ठाउँबाट खोजेर अक्सिजन उपलब्ध गराउन दिनरात खटिएर समाजसेवामा लागेको देखेपछि मुल्मी दम्पतीले घरखर्चको रकम कटौती गरि ५० हजार रुपैया सहयोग गरेको हो । महामारीको बेला ज्यानको बाजी राखेर अक्सिजनको अभाव कम गर्न लागेका युवाहरुको समूह ‘हन्ड्रेट ग्रुप ’ लाई सानो सहयोग गर्न पाउदा खुशी लागको स्वास्थ्य अधिकारकर्मी मुल्मीले बताए ।
मुल्मी दम्पतीले ‘हन्ड्रेट ग्रुप ’ का सदस्यहरुलाई बोलाएर बिहीबार ५० हजार रुपैयाको चेक हस्तान्तरण गरेको ‘हन्ड्रेट ग्रुप ’ का सदस्य अन्सु यादवले बताइन । ‘हन्ड्रेट ग्रुप ’ ले अक्सिजन अभावका कारण उपचार नपाएका विरामीका लागि अक्सिजन उपलब्ध गराउदै आइरहेका छन् ।
Leave a Reply