हेल्थ टुडे,
काठमाडौं, १४ जेठ : पछिल्ला दिन कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९ हजार ८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो संख्या अहिलेसम्मकै धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ । बिगत २४ घण्टामा नयाँ संक्रमितको संख्या ६ हजार ९५१ रहेको छ ।
१९ हजार ३१३ पीसीआर परीक्षणमा ६८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६९५१ जनामा संक्रमण पुष्टि भएको हो । दैनिक २५० सम्मको मृत्यु भएको आकडालाई हेर्दा पछिल्ला दिनमा मृत्युदर घट्नु सकमरात्मक भएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन ।
Leave a Reply