• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए : डा. अनुप बास्तोला

June 6th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए : डा. अनुप बास्तोला

अहिले कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम र स्थिर छ । वैशाखको पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता आइपुग्दा त्यही दरमा बिरामी भर्ना भएका छन् । तर, वैशाखको पहिलो साताको तथ्यांक बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ ।

यो डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौं । यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जेन्सीमा एकै दिन ५ जनासम्म बिरामीको मृत्यु भयो । हामीले चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौं ।

टेकु अस्पतालमा २४ बेडको आईसीयू बढाएर २८ बेड पुग्यो । कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो भने अहिले २२ वटा भेन्टिलेटर छन् । तर, अहिले पनि आईसीयू बेड र भेन्टिलेटर भरिएका छन् । यसको अर्थ हो, अस्पतालको हालको क्षमताबराबर सिकिस्त बिरामी उपचाररत छन् ।

अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको छ, यो दर स्थिर र अझै घट्दो क्रममा जाने सम्भावना छ । तर, अहिले काठमाडौबाहिर बाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ । यसले गाउँ–गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको छ ।

दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने वाध्यताले गर्दा धेरैको ज्यान गुमायौं । त्यो, महामारीको एउटा रुप नै हो । यद्यपि, अस्पताल आइपुगेका बिरामीको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौं ।

दोस्रो लहरको एउटा सुखद अनुभव भनौं, खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए । यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो ।

खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्छ । कोभिड निमोनिया भएको ६–७ दिनमा बिरामीलाई निकै गाह्रो पर्छ, त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्छन् । यो समय सबैले ध्यान दिनु जरुरी छ ।

बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ । तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुन सक्छ । अब, स्वास्प्रस्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौं । अहिले बिरामी व्यवस्थापन गर्न सक्ने अवस्थामा अस्पताल आइपुगेका छन् ।

सम्भवतः दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ । तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रुप नलेला भन्न सकिन्न । दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागेमा धान्न सक्ने धैर्यता सायद नरहन सक्छ ।

( डा. बास्तोला शुक्रराज सरुवा रोग अस्पताल टेकुमा कार्यरत छन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी, चिकित्सक संघका अध्यक्ष डा. कार्की भन्छन, बर्षौ पछिको माग बल्ल सम्बोधन भयो
Next article स्वास्थ्य मन्त्री तामाङको आग्रह, ‘कोरोना उपचारमा निजी अस्पतालले अचाक्ली शुल्क लिए बील हामीलाई उपलब्ध गराउनुस् ।’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz