रासस
नेपालगञ्ज, २४ जेठ : कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले बहिरंग सेवा (ओपीडी) सुचारु गरेको छ ।
यसअघि कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि अस्पतालले ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो । कोरोना भाइरस संक्रमण घटेसँगै आइतबारदेखि अस्पतालको ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनौडियाले जानकारी दिए ।
Leave a Reply