• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पछिल्ला दिनमा यसरी घट्दैछ आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप

June 19th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पछिल्ला दिनमा यसरी घट्दैछ आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप

हेल्थ टुडे,

काठमाडौं, ५ असार  : कोरोना संक्रमण बिस्तारै घट्दै गएसँगै देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या घट्दै गएको पाइएको छ । शुक्रबार १३०३७ नमुना परीक्षण गर्दा २७६८ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालका आईसीयूमा ८७२ र भेन्टिलेटरमा २४६ संक्रमित उपचाररत छन् ।

संक्रमण केही प्रतिशत घटेसँगै अस्पतालका आईसीयू र भेन्टिलेटरमा पनि बिरामीको संख्या घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमण ओरोला लाग्दा पनि यसअघि अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप भने यथावत नै रहेको थियो ।

जेठ २२ देखि २८ गतेसम्मको सात दिनको अवधि मूल्यांकन गर्दा आईसीयूमा सबैभन्दा बढी १४५१ जना संक्रमित उपचाररत देखिन्छ भने भेन्टिलेटरमा ३९७ जना उपचाररत छन् । सो साताको अन्तिम दिन जेठ २८ गते आईसीयूमा ११८९ र ३६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

जेठ २९ गते आईसीयूमा १२०६ जना संक्रमित उपचाररत रहेकोमा असार ४ गते यो संख्या घटेर ८७२ मा आइपुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जेठ २९ गते भेन्टिलेटरमा ३७३ संक्रमित उपचाररत छँदा जेठ ४ गते २४६ जना मात्रै उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकलाई हेर्दा कोरोना संक्रमण केही प्रतिशत घटेको देखिन्छ । जेठ २२ गते झण्डै ३० प्रतिशत कोरोना संक्रमण रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको देखिन्छ । जेठ २९ गते २३ प्रतिशत संक्रमण दर रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ ।

त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा सन्तकुमार दासले आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप कम भएको बताए । ‘आज आईसीयूसहितको दुई वटा भेन्टिलेटर खाली छन्,’ डा दासले भने, ‘संक्रमण उत्कर्षमा पुगेर अहिले एउटा विन्दुको वरिपरि स्थिर जस्तै देखिएको छ ।’

राष्ट्रिय ट्रमा सेन्टरमा संक्रमितको चाप घटेसँगै कोभिड वार्डमा रहेका बाँकी संक्रमितलाई वीरको सर्जिकल वार्डमा सारिएको डा सन्तोष पौडेलले बताए । डा ‘संक्रमितको चाप घटेसँगै ट्रमा रहेका केही संक्रमितलाई शुक्रबारबाट वीरमा सारेका छौं,’ उनले भने, ‘१० बेडको आईसीयूमा पनि अहिले पाँच जनामात्रै संक्रमित उपचाररत छन् ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि तुलनात्मक रुपमा आईसीयू र भेन्टिलेटरमा उपचार गराउन आउने संक्रमितको चाप घटेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महामारीबाट पुनरुत्थानका लागि विश्व बैंकको १७ अर्ब ऋण दिने
Next article नेपाल मेडिकल कलेजको ४९ प्रतिसत सेयर वीरगन्जको नेशनल मेडिकल कलेजले किन्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 25th 12:30 PM
समाचार

अर्कैको सर्टिपिकेट झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2318
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web