हेल्थ टुडे,
काठमाडौं, २६ असार : एस.टि.सि ग्रुपले सहयोग स्वरुप बाग्मती प्रदेशलाई २०० थान अक्सिजन सिलिण्डर र रेगुलेटर हस्तान्तरण गरेको छ । एस.टि.सि ग्रुपका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेती र निर्देशक कृष्णप्रसाद दुलालले शनिबार आयोजित कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त २०० थान अक्सिजन सिलिण्डर र रेगुलेटर सहयोग स्वरुप हस्तान्तरण गरेका हुन ।
एस.टि.सि ग्रुप नेपालकालागि अटोमोवाइलका विभिन्न ब्राण्ड स्पेयर्स, पार्टस्, टायर, ल्यूब तथा व्याट्रीको आधिकारिक बिक्रेता र उत्पादक कम्पनी हो । कार्यक्रममा एस.टि.सि ग्रुपका प्रवन्ध निर्देशक उप्रेतीले सर्वसाधारणको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले बाग्मती प्रदेशलाई अक्सिजन सिलिण्डर र रेगुलेटर सहयोग गर्न पाएकोमा खुशी लागेको बताएका थिए भने मुख्यमन्त्री पौडेलले सहयोगका लागि एस.टि.सि. ग्रुपलाई धन्यवाद दिएका थिए ।