हेल्थ टुडे,
काठमाडौं, १८ साउन : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले व्यवसायिक संलग्नताबाट आफू अलग भएको घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले सोमबार पत्रकार सम्मेलन मार्फत आफू राज्यमन्त्री पदमा रहून्जेलसम्म निजी व्यवसायमा संलग्नता नरहने बताएका हुन् । आफू कानूनी रुपमै सबै व्यवसायबाट अलग भएको उनले जानकारी दिए । शिक्षा, स्वास्थ्य, जलविद्युत सहितका व्यवसायमा संलग्न व्यवसायी समेत रहेका नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि व्यवसायीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएको भन्दै आलोचना गरिएको थियो । मन्त्री नियुक्त भएपछि निजी व्यवसायबाट अलग हुनु पर्ने माग राख्दै डा. गोविन्द केसी सहितका नागरिक अभियन्ताले प्रदर्शन समेत गरेका थिए । श्रेष्ठ लिटिल एन्जल्स स्कुल, महेन्द्र नारायण निधी अस्पताल, जनमैत्री हस्पिटल सहित स्वास्थ्य र शिक्षामा संलग्न छन् ।
Leave a Reply