• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 7th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारको न्यूनतम साझा कार्यक्रम : कोरोना महामारीमा नागरिकको जिवनरक्षा पहिलो प्राथमिकता

August 8th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारको न्यूनतम साझा कार्यक्रम :  कोरोना महामारीमा नागरिकको जिवनरक्षा पहिलो प्राथमिकता

हेल्थ टुडे, 

काठमाडौं,२४  साउन   : शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजजिक गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइएको छ ।

सरकारको न्यूनतम साझा कार्याक्रमको पहिलो प्राथमिकतामा कोरोनाको महामारीमा नागरिकको जिवनरक्षालाई राखेको छ । सरकारका ११ वटा प्राथमिकतामध्ये पहिलोे प्राथमिकता कोरोना महामारीबाट आक्रान्त नागरिकलाई असोजसम्म एक तिहाई र चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई निशुल्क खोपको व्यवस्था गर्ने रहेको छ । त्यसैगरि स्वदेशमै खोप उत्पादन गर्नका लागि नेपालमा भ्याक्सिन ल्याव स्थापनाका लागि पहल गर्ने,  कोरोनाको तेश्रो लहरको संभावित जोखिमबाट बच्न पूर्व तयारी गर्ने र गत वर्ष कोरोना महामारीका बेला स्वास्थ्य सामग्रीमा भएको अनियमितताको छानविन गरि दोषीहरुमाथि कारवाही गर्ने कुरा पनि कार्यक्रममा प्राथमिकताका साथ जोड दिइएको छ । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कार्यकालमा कोरोना रोकथामका लागि ल्याइएको स्वास्थ्य सामग्रीमा व्यापक अनियमितता भएको आशंका गरिएको छ । व्यापक अनियमितताको आंशका गरिए पछि पूर्व प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा स्वास्थ्यबाट छिनेर नेपाली सेनालाई दिने भन्दै ढकाललाई चोख्याउन खोजेका थिए । केही समयपछि ओलीले ढकाललाई स्वास्थ्य मन्त्रालयबाट सरुवा गरि पर्यटन मन्त्रालय पुर्याएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जापानबाट आइपुग्यो पहिलो चरणमा ५ लाख १३ हजार डोज कोरोना खोप
Next article नेपाल औषधी उत्पादक सँघमा पाण्डे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1853
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

7
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz