• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना महामारीका कारण परिवार नियोजन सेवा प्रवाहमा समस्या

September 17th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना महामारीका कारण परिवार नियोजन सेवा प्रवाहमा समस्या

हेल्थ टुडे,

काठमाडौं, १ असोज : कोरोना महामारीका कारण परिवार नियोजन सेवा प्रवाहमा समस्या देखिएको सरोकारवालाले बताएका छन् । आठौं परिवार नियोजन दिवस एवं नेपाल परिवार नियोजन संघको ६३ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार परिवार नियोजन संघले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले कोरोना महामारीका कारण परिवार नियोजन सेवा प्रभावित भएको दाबी गर्दै भविश्यमा प्रभावकारी ढंगले सेवा प्रदान गर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महासाखाका निर्देशक डा. विवेकलाल कर्णले कोरोना महामारीका कारण सरकारले चाहेर पनि सहज रुपले परिवार नियोजन सेवा प्रदान गर्न नसकेको बताए । पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण घट्दै गएकोले बिस्तारै परिवार नियोजन सेवा सहज हुदै जाने डा. कर्णको विश्वास छ । महामारीका कारण  परिवार नियोजनको बजेट घट्दै गएको जानकारी दिदै डा. कर्णले बजेट बढाउनु पर्ने आवश्यकतामा जोड दिए ।

परिवार कल्याण महासाखा, परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य साखा प्रमुख कविता अर्याल (भट्ट)ले परिवार नियोजन सेवाको पहूँच नभएका समुदायलाई सेवाको पहूँच सुनिश्चित गर्न सरकारो ध्यान केन्द्रित रहेको बताइन । सरकारले परिवार नियोजन सहित अधिकांस यौन तथा प्रजनन् सेवा  निशुल्क गरेको भए पनि सूचना अभावमा सबै समुदायले सेवा लिन नसकिरहेको अर्यालको भनाई थियो ।

कार्यक्रममा ब्लाइन्ड युथ एसोसिएसनका अध्यक्ष कलाधर भण्डारी, एचआईभी संक्रमितहरुको महासंघ (एनएपीएन) का अध्यक्ष राजेश ददिया, जागृति महिला महासंघकी कार्यकारी निर्देशक बिजया ढाकाल र दृष्टि नेपालकी अध्यक्ष परिना सुव्वाले परिवार नियोजनको सेवा लिदा विभेद हुने गरेको बताउदै त्यसलाई सबैको समान पहूचमा ल्याउनु आवश्यकता रहेको बताएक थिए ।

परिवार नियोजन संघका अध्यक्ष हिमालय लाल कसजू र संघका कार्यकारी प्रशासक डा. नरेश प्रताप केसीले सरकार र गैरसरकारी संस्थाको संयुक्त साझेदारीबाट मात्र सबै समुदायसम्म परिवार नियोजन सेवा पुर्याउन सकिनेमा जोड दिए । कार्यक्रममा नेपाल परिवार नियोजन संघका कार्यक्रम निर्देशक सुभाष श्रेष्ठले संघले गरिरहेका सेवाका बिषयमा जानकारी गराएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब परिवार नियोजन संघले पनि टेष्टट्युव वेवी सेवा सञ्चालन गर्ने
Next article सुखी र खुसी परिवारका लागि परिवार योजना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz