• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेश नम्बर–२ का स्वास्थ्य संस्थाहरुलाई वागमती सेवा समाज र आड्रा नेपालको सहयोग

October 1st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेश नम्बर–२ का स्वास्थ्य संस्थाहरुलाई वागमती सेवा समाज र आड्रा नेपालको सहयोग

हेल्थ टुडे,

जनकपुर, १५ असोज : आड्रा नेपालको साझेदारीमा वागमती सेवा समाज नेपाल, हरिवन सर्लाहीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को न्युनिकरणका लागि प्रदेश नं २ को मनीपाल कोभिड अस्पताल, प्रादेशिक अस्पताल, विभिन्न जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रलाई कोभिड–१९ सम्बन्धी आवश्यक उपकरण र सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
वागमती सेवा समाज नेपालले शुक्रबार जनकपुरधामको होटल राजदरबार एण्ड नभरङ्ग रिसोर्ट, मुजेलियामा प्रदेश नम्बर २ का समाजिक विकास मन्त्री नवलकुमार साहको उपस्थितिमा आड्रा नेपालका स्वास्थ्य प्रमुख डा. घनश्याम भट्ट र वागमती सेवा समाज नेपालका स्वास्थ्य संयोजक सुनिल कुमार साहले प्रदेश नम्बर २ का अस्पताल, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा कोभिड सम्बन्धी उपकरण र सामग्री हस्तान्तरण गरेका हुन । समारोहमा स्वास्थ्य संयोजक साहले हस्तान्तरण गरिएका सम्पुर्ण सामग्रीहरुको विवरण प्रस्तुतिकरण मार्फत जानकारी गराएका थिए । कार्यक्रममा सामाजिक बिकास मन्त्री नवलकुमार साहले बागमती सेवा समाज तथा आड्रा नेपालले विपद्को घडीमा गरेको सहयोगको उच्च मुल्यांकन गर्दै निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्दता ब्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष भरतकुमार कार्कीले कोभिड–१९ बिरुद्धको लडाईमा हामी सबै एक भएर लाग्नु आजको आवश्यकता रहेको बताए । श्रोत साधनहरुको उपलब्धता अनुसार वागमती सेवा समाजले प्रदेश नम्बर २ का प्राय सबै जिल्लाका जिल्ला अस्पतालहरुमा बिभिन्न किसिमका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइरहेको र अन्य उपकरण एवं आवश्यक सामाग्रीहरु गजेन्द्र नारायण सिंह अस्पताल र महोत्तरी अस्पताललाई हस्तान्तरण गरिने योजना रहेको कार्कीले जानकारी दिए ।
कार्यक्रममा सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य साखा प्रमुख, कोभिड फोकल पर्सन, प्रादेशिक स्वास्थ्य निर्देशनालयका कार्यालय प्रमुख, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टोर फोकल पर्सन, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, मनीपाल कोभिड अस्पतालका प्रमुख, प्रमुख जनस्वास्थ्य अधिकृत, जनस्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन लगायत अन्य गैरसरकारी संस्थाका प्रतिनिधिहरु र वागमती सेवा समाज नेपालका अधिकारी उपस्थित रहेको समाजका कार्यकारी निर्देशक निरज भण्डारीले बताए । जनकपुर प्रादेशिक अस्पताललाई आड्रा नेपालका स्वास्थ्य प्रमुख डा.घनश्याम भट्ट मार्फत हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा पिपिई ५० सेट, अक्सिजन कन्सनट्रेटर ४ थान, अक्सिजन सिलिण्डर सहितको प्यासेन्ट ट्रली ३ थान, केएन ९५ मास्क १०० थान, सर्जिकल ग्लोब्स १००० जोर, ५ प्यारामिटर सहितको वेड साइज भाइटल मोनिटर ३ थान, अटोमेटिक हेण्ड सेनिटाइजर २ थान, फेस सिल्ड ५०० थान, सु कभर १२० जोर, भेञ्चर मास्क २३० थान, एम्बु ब्याग २ थान, आइ भि क्यानुला ५० थान, आई भि स्ट्याण्ड १५ थान, नेबुलाइजर ३ थान, इन्फ्युजन पम्प २ थान र हेण्ड सानिटाइजर ३० बोटल रहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काठमाडौं जिल्ला प्रशासनले भन्यो, स्वास्थ्य मापदण्डको पालना गरी सभा, सम्‍मेलन गर्न प्रतिबन्ध लगाइएको छैन
Next article भारतको भन्दा नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउने ४ प्रतिसत बढी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 29th 10:35 AM
समाचार

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2319
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web