• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब शिक्षकहरुका लागि छुट्टै शिक्षक अस्पताल, तीन लाख बढी शिक्षकहरू लाभान्वित  हुने

November 9th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब शिक्षकहरुका लागि छुट्टै शिक्षक अस्पताल, तीन लाख बढी शिक्षकहरू लाभान्वित  हुने

हेल्थ टुडे,

काठमाडौं,२३ कात्तिक :  निजामती कर्मचारीहरुका लागि निजामती अस्पताल, सेनाका लागि आर्मी हस्पिटल, प्रहरीका लागि प्रहरी अस्पतालसँगै अब शिक्षकहरुका लागि छुट्टै शिक्षक अस्पताल बन्ने भएको छ । मन्त्रिस्तरीय बैठकले सोमबार शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ । शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब तीन लाख बढी शिक्षकहरू लाभान्वित  हुने छन् ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई उपयुक्त जग्गा खोज्न दुई महीने कार्यअवधि तोकिएको सचिव थपलियाले जानकारी दिए । ‘शिक्षक अस्पतालका लागि दुई महीनाको समयअवधि दिइएको छ’ सचिव थपलियाले भने, ‘उपयुक्त जग्गा व्यवस्थापन हुनेबित्तिकै काम सुरु हुन्छ ।’

समितिले देशका मुख्य शहरमा जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ । ‘अस्पतालका लागि कस्तो जग्गा चाहिन्छ भनेर हामीले डा. विमल चालिसेको संयोजकत्वको समिति बनाएका छौं’ सचिव थपलियाले भने, ‘काठमाडौं, चितवनलगायतका शहरमा जग्गा खोज्ने काम हुन्छ ।’ अस्पतालका लागि जग्गा खोज्ने काम सकिएपछि अस्पतालको प्रारुप तयार हुने र निमार्णको काम सुरु हुने सचिव थपलियाले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बिच्छा भए प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार
Next article स्थापना भएको एक दशकमा बल्ल सुरु हुने भयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएसको पढाई, मंसिर १९ गतेदेखि कक्षा सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 25th 12:30 PM
समाचार

अर्कैको सर्टिपिकेट झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2318
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web