• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

धुम्रपानबाट टाढा रहनाले स्ट्रोकको जोखिम कम

November 11th, 2021 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धुम्रपानबाट टाढा रहनाले स्ट्रोकको जोखिम कम

एजेन्सी,

हामीमध्ये धेरैलाई थाहा छ कि उच्च रक्तचाप नै मस्तिष्कघात (स्ट्रोक) को मुख्य कारण हो । तर हालै गरिएको एक अनुसन्धानमा न्यून रक्तचापका कारण पनि स्ट्रोक हुने देखिएको छ ।

‘बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिन’का अनुसन्धानकर्ता डा. ह्युगो जे एप्रिसियोले गरेको अनुसन्धानबाट यो पत्ता लागेको हो । अनुसन्धानकर्ताका अनुसार न्यून रक्तचापका बिरामीमध्ये १० प्रतिशतलाई स्ट्रोकको जोखिम हुन्छ ।

कम रक्तचाप र स्ट्रोकबीचको सम्बन्ध बुझ्न वैज्ञानिकहरूले ३० हजार जना वृद्ध व्यक्तिको अध्ययन गरेका थिए, जो इस्केमिक स्ट्रोकबाट पीडित थिए ।

शोधकर्ताहरू भन्छन्,  ‘बिरामीहरूको स्वास्थ्य तथ्याङ्कले धुम्रपान गर्ने, मुटुका बिरामी वा डिमेन्सिया वा क्यान्सरबाट पीडित बिरामीहरूलाई स्ट्रोकको खतरा अझ बढी रहने गर्छ ।’

उच्च रक्तचाप मात्र होइन, कम रक्तचापले पनि स्ट्रोक निम्त्याउन सक्छ भन्ने कुरालाई यो अनुसन्धानले जोड गरेको  छ । अन्वेषकहरूले स्ट्रोकको जोखिमबाट बच्न निम्न रक्तचापमा ख्याल राख्नुका साथै यसका जोखिम कारकहरूबाट आफूलाई जोगाउन आवश्यक रहेको बताउँछन् । धुम्रपानबाट टाढा रहनाले स्ट्रोक मात्र नभई मुटुरोग र क्यान्सरको जोखिम पनि कम हुने अनुसन्धानले देखाएको छ ।

लो ब्लड प्रेसरबाट  बच्ने उपाय

खानामा नूनको मात्रा सामान्य राख्नुहोस् । शरीरको रक्तचापलाई सामान्य राख्न नूनले महत्त्वपूर्ण भूमिका खेल्छ ।

दिनभरि कम्तीमा ८ गिलास पानी वा अन्य तरल पदार्थ (दूध, जुस, लस्सी) खाई शरीरलाई हाइड्रेटेड राख्नुहोस् ।

तनाव लिनबाट बच्नुहोस् र चुरोट, रक्सी तथा अन्य मादक पदार्थबाट टाढा रहनुहोस् ।

आफ्नो आहारमा हरियो सागसब्जी र फलफूललाई अनिवार्य समावेश गर्नुहोस् ।

उच्च कार्बोहाइड्रेट भएका चिजहरू नखानुहोस् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब शिक्षकहरुका लागि छुट्टै शिक्षक अस्पताल, तीन लाख बढी शिक्षकहरू लाभान्वित  हुने
Next article वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रीमा निमा लामा नियुक्त

Health Today Nepal

Related Posts

पोषणको ‘अर्थ’ र प्रश्नहरू

पोषणको ‘अर्थ’ र प्रश्नहरू

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1842
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

14
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz