हेल्थ टुडे,
काठमाडौं, १२ पुष : चौधरी फाउण्डेसनको सहयोगमा राजधानीको कान्ति बाल अस्पतालको १२ बेडको इमर्जेन्सी वार्डको स्तरोन्नति गर्दै २५ बेडको बनाइने भएको छ । फाउण्डेसनले इमर्जेन्सी भवनको स्तरोन्नति गरी हालको १२ शय्यालाई २५ शय्याको इमर्जेन्सी वार्ड निर्माण गर्ने भएको हो । इमर्जेन्सी वार्डका् स्तरोन्नतिका लागि कान्ति अस्पताल र चौधरी फाउण्डेसनबिच सम्झौता सम्पन्न भएको छ ।
कान्ति अस्पतालका तर्फबाट निर्देशक डा. अजित रायमाझी र फाउण्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरीले हस्ताक्षर गरेका छन् । फाउण्डेसनका अध्यक्ष उद्योगपति बिनोद चौधरीले बालबालिकाको भविश्य सुनिश्चित गर्नु आफ्नो कर्तब्य ठानेर बालबालिकाको स्वास्थ्यका लागि सहयोग गर्न लागेको बताए । आर्थिक अवस्था कमजोर भएका दूरदराजका बालबालिकाले पनि सर्वसुलभ रुपमा उपचार सेवा प्राप्त गरुन भन्ने उद्देश्यका साथ यो अभियानमा कान्ति बाल अस्पतालसँग सहकार्य गर्न लागेको चौधरीले बताए ।
Leave a Reply