हेल्थ टुडे,
काठमाडौं, १९ पुष : प्रदेशस्तरीय नाक, कान,घाटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण चितवनको भरतपुरमा हालै सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा बिभाग,उपचारात्मक सेवा महाशाखाले स्थानीय र प्रदेश सरकारका नीति निर्माता तथा स्वास्थ्य प्रमुख र संयोजकलाई सेवाको विकास र विस्तारका बिषयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । भरतपुर महानगरका उपप्रमुख पार्वती शाहले कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाले बिगत चार वर्षमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा जग बसाल्ने काम गरेको बताउदै अव बन्ने स्थानिय सरकारले त्यसलाई अगाडि बढाउने विश्वास व्यक्त गरिन । भरतपुर अस्पतालका प्रमुख प्रा.डा. कृष्ण पौडेलले सरकारका प्राय कार्यक्रम आमा र बच्चामा सिमित रहेकोले मुख स्वास्थ्य लगायत नाक, कान, घाटी स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर अभिमुखिकरण कार्यक्रम आयोजना हुनु सकारात्मक भएकोमा जोड दिए । प्रदेश सरकार अन्तर्गतका स्वास्थ्य निर्देशकहरुको तर्फबाट सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले ३ तहकै तथा सवै प्रदेशलाई संघीयता लागु भएपछि भेटाउने र एकअर्काका योजना तथा कार्यक्रमका बारेमा छलफल गर्ने मौका जुटेकाले कार्यक्रम सफल भएको बताए । उपचारात्मक सेवा महाशाखा नाक, कान, घाटी तथा मुख स्वास्थ्य प्रमुख डा. प्रकाश बुढाथोकीले आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित भईसकेका बिशेषज्ञ सेवाहरु सरकारको तल्लो स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीसम्म पुरयाउन चुनौती भएपनि स्वास्थ्यकर्मी दिलोज्यानले लागेमा असंभव केहि नभएको बताए ।
दुई दिने अभिमुखीकरण कार्यक्रममा आँखा स्वास्थ्य तर्फ काठमाडौ मेडिकल कलेजका प्रा. डा. सविना श्रेष्ठ र भरतपुर अस्पतालका डा.सुमित पाण्डे, ईएनटितर्फ भरतपुर अस्पतालका डा.रमेश भण्डारी र त्रिबि शिक्षण अस्पतालका डा. बिजय खरेल, भरतपुर अस्पतालका डा. अजय न्यौपाने, डा. प्रकाश पाण्डे र डा. बुढाथोकीले सहजीकरण गरेका थिए । कार्यक्रममा २९ जना सहभागी थिए । समापन कार्यक्रमका उपचारात्मक सेवा महाशाखाका निर्देशक पवनजंग रायमाझीले ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्दे शाखा स्थापना भएको र हामी सवै मिलेर यस्को विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रदेशस्तरीय नाक, कान,घाटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण भरतपुरमा सम्पन्न

Subscribe
Login
0 Comments