हेल्थ टुडे,
काठमाडौं, २५ पुष : ईसान बाल तथा महिला अस्पतालले छिट्टै १०० शैयाको आफ्नै नयाँ भवनबाट सेवा दिने भएको छ । अस्पतालको हालै सम्पन्न २६ औं साधारण सभामा अस्पताल निर्देशक डा. आरपी चौधरीले टोखा नगरपालिका ५ श्रीटोलमा आफ्नै भवनमा निर्माण सम्पन्न भएको भवनबाट छिट्टै सेवा सुरु गर्ने जानकारी दिए । बिगत २६ बर्षदेखि बसुन्धराबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको अस्पताल अब १०० शैयाको हुने डा. चौधरीले बताए । सुरुमा १५ शैयाबाट सुरु भएको यो अस्पतालले बालबालिका र महिला उपचारका क्षेत्रमा चौबिसै घण्टा आकस्मिक सेवा, जटिल किसिमका शल्यक्रिया सहित विशेषज्ञ सेवा उपलब्ध छ ।
ईसान बाल तथा महिला अस्पतालले छिट्टै १०० शैयाको नयाँ भवनबाट सेवा दिने

Subscribe
Login
0 Comments