• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 26th, 2022
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

परीक्षण गरिएका मध्ये ४५ प्रतिशतमा कोरोना संक्रमण, एकैदिन देशभरि १० हजारलाई कोरोना पुष्टि

January 18th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परीक्षण गरिएका मध्ये ४५ प्रतिशतमा कोरोना संक्रमण, एकैदिन देशभरि १० हजारलाई कोरोना पुष्टि

हेल्थ टुडे,
काठमाडौं, ४ माघ : नेपालमा पछिल्ला दिन कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । निकै संक्रामक मानिएको ओमोक्रन भेरियन्ट फैलिएसँगै देशभर दैनिक संक्रमितको संख्या बढिरहेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन २२ हजार ८२८ जनाको परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण देखिएको हो । कुल परीक्षण गरिएको मध्ये ४४.९३ प्रतिशतमा संक्रमण देखिएको हो ।

सोमवार भने १७ हजार ४६५ जनाको कोरोना परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। यस्तै, ५६२ जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । संक्रमण बढेसँगै सरकारले खोपलाई तिब्रता दिएको छ । सार्वजनिक स्थलमा समेत हिडडुल गर्दा माघ ७ देखि खोप कार्ड देखाउनु पर्ने नियम बनाएको छ ।

संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ६२४ जनाको मृत्यु भइसकेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काठमाडौंका १७ ठाउँमा लगाइदै छ कोरोनाको बुस्टर डोज
Next article २० लाख सिरिन्ज चिनबाट नेपाल आइपुग्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
May 25th 5:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिने

May 25th 3:56 AM
समाचार

डब्ल्युएचओको महानिर्देशकमा पुन: ट्रेडोस निर्वाचित

May 18th 3:55 PM
समाचार

स्वास्थ्य अभियन्ता महतो गाउँपालिका अध्यक्षमा विजयी

May 11th 8:40 AM
समाचार

धुम्रपानका कारण नेपालमा बर्सेनि २७ हजारको मृत्यु

May 10th 9:35 AM
बिशेषज्ञ लेख

बच्चाको आँखामा देखिने समस्या के के हुन् ?

May 9th 8:15 AM
परिवार स्वास्थ्य

गर्भपतन पछि देखिने जटिलता

May 8th 9:51 AM
उपचार बिधी

रुघाखोकीमा औषधिको प्रयोग कति ठीक ?

May 7th 4:25 AM
बिशेषज्ञ लेख

मधुमेह भएमा के के समस्या देखिन्छन् ?

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1595
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

8
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web