हेल्थ टुडे,
काठमाडौँ, ८ माघ : नेपालमा कोरोना संक्रमणबाट गत २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । गत २४ घण्टाको अवधिमा देशभरि कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो । कोरोनाको ओमिक्रोन भेरिएन्ट नेपालमा फैलिएसँगै एकै दि न मृत्यु हुनेको संख्या यो सबैभन्दा धेरै हो । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ । यस्तै २४ घण्टामा एन्टिजेन र पीसीआर गरी २० हजार १८७ परीक्षण हुँदा १० हजार २५४ जना संक्रमित थपिएका छन् । निको हुनेको संख्या भने ७०८ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । शुक्रबार कोरोनाका कारण ३ जनाको मृत्यु भएको थियो ।