गोपाल पोखरेल,
६९ औं बिश्व कुष्ठरोग दिबस हरेक बर्ष जस्तै यस बर्ष पनि जनवरी महिनाको अन्तिम आईतबार ३० जनवरी २०२२ का दिन मनाईदै छ । यसकोलागि नेपाल सरकारले शुन्य कुष्ठरोगको लागि हाम्रो प्रतिबद्धता, आत्म सम्मानको लागि एक्यबद्धता भन्ने नारा तय गरेको छ । यसरी बिश्व कुष्ठरोग दिबस मनाई रहदा बिश्वमा र नेपालमा कुष्ठरोगको अबस्थालाई सरसर्ति हेर्दा अनपेक्षित रुपले कुष्ठरोगको संख्या घटन गएको पाइन्छ । यसरी घटनुको यथार्थता बुझ्न सकिएको छैन, तथापि कोभिड महामारी हो कि भनि अनुमान गर्न सकिन्छ ।
बिश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाई सरसर्ति हेर्दा बिश्वमा उपचारमा रहेका कुष्ठरोगीको संख्या सन्् २०१९ को अन्त्यमा एक लाख ७ठ हजार १७५ जना रहेकोमा सन् २०२० को अन्त्यमा २७.०८ प्रतिसतले घटेर एक लाख २९ हजार १९२ जना मात्र पाईयो । त्यसैगरि सन् २०१९ भित्र दुई लाख दुई हजार १८५जना नयाँ कुष्ठरोगी दर्ता भएकोमा सन् २०२० भित्र एक लाख २७ हजार ३९६ जना मात्र ३६.९९ प्रतिसत न्यून नयाँ बिरामी दर्ता भएको बिश्व स्वास्थ्य संगठनको तथ्याङ्ककले देखाएको छ । यस्तो तथ्याङ्कको अबस्थालाई सामान्य अबस्थामा कुष्ठरोग नियन्त्रण कार्यक्रममा सहज मानिदैन र कुष्ठरोग जस्तो लामो सराई अबधि भएको रोगमा जनस्वास्थ्यको हिसावले सम्भव पनि हुदैन । यस्तै कुष्ठरोगको चाप र समस्यालाई बिश्लेषण गरि बिश्व स्वास्थ्य संगठनले सन् २०२० मा कुष्ठरोग नियन्त्रणमा ११ बुदाको खाडल औल्याएको छ जसमा मुख्य त ढिलाा रोगको निदान देखि समुदायमा कुष्ठरोग प्रतिको गलत धारणा र त्यस मध्ये बिश्वबाटनै कुष्ठरोग बिषयका बिज्ञहरु घट्दै गईरहेको अबस्था समेत रहेको छ । यस खाडललाई मध्यनजर गर्दै बिश्व स्वास्थ्य संगठनले ग्लोबल ल्येप्रोसी रणनीति २०२१ –२०३० जारी गरि कुष्ठरोग निवारणको नयाँ परिभाषा समेत गरेको छ । यस रणनितीकोे ध्येय सून्य लेप्रोसी हो र सून्य लेप्रोसी भन्नाले जिरो कुष्ठरोग संक्रमण र कुष्ठ रोगी, कुष्ठरोगको कारणले जिरो अपांगता, कुष्ठरोगको कारणले जिरो बिभेद तथा तिरष्कार हुनु हो । त्यसैगरि उद्देश्य भनेको कुष्ठरोग निवारण हो । निवारण भन्नाले रैथाने समुदायमा संक्रमण सुन्य र सुन्य नयाँ रोगी हुनु हो ।
यहि अबस्थाको तथ्याङ्क नेपालमा समेत सन् २०१९ भित्र ३८४४ जना नयाँ कुष्ठरोगी दर्ता भएकोमा सन् २०२० भित्र २३०४ अर्थात ४०.०६ प्रतिसतले न्यून दर्ता भएको पाइन्छ भने यहि अबधिमा २०१९ मा २९२१ जनाले उपचार लिएकोमा ३०.०२ प्रतिसतले घटेर २०२०मा २०४४ जनाले मात्र उपचार लिएको विश्व स्वास्थ्य संगठनले प्रकासित गरेको तथ्याङ्कले देखाएको छ । यसै गरि आ.ब. २०७७÷०७८ को तथ्याङ्क अनुसार नेपालमा नयाँ बिरामीको संख्या २१७३ (७.१९÷१०००००)छ भने जसमध्ये एम.बि. बिरामीहरुको दर ७३.९५ प्रतिसत रहेको छ । गत आ.ब.को दाँजोमा यस आ.ब.मा बच्चाहरुको दर घटेर १०१ (४.६४प्रतिसत) आएको छ अपाङ्गताको दर पनि ९५ (४.३७%) मा आएको छ । उपचारमा रहनेको संख्या यस आ.ब.मा २१९७ (०.७२÷१००००) भएको नेपाल सरकारले देखाएको छ भने यस आ.ब.मा उपचार पुरा गर्नेको संख्या १८५५ जना मात्र रहेको पाईएको छ ।
बिश्व तथा नेपालमा कुष्ठरोगीहरुको न्यून दर्ता हुनु कुष्ठरोग नियन्त्रण कार्यक्रमको सामान्य अबस्था होईन । यो तथ्याङ्कको आधारमा रोगीको दर्ता भएको संख्या कम भएपनि यथार्थमा यो रोगको प्रकृती हेर्दा वास्तबिकता फरक हुनसक्छ र यसको कारण अनुसंधानको बिषय बन्न सक्छ । अर्को तर्क स्वास्थ्य केन्द्रहरुको ध्यान कोभिड–१९को नियन्त्रण तथा खोपमा भएको हो वा कुष्ठरोगीहरु प्नि कोभिड–१९को डरले स्वास्थ्य केन्द्रमा जाँच गर्न नआएको अबस्था भन्न सकिन्छ । यहि बिश्व स्वास्थ्य संगठनको बिश्लेषण र रणनीतिलाई आधार मानेर नेपाल सरकारले पनि आफ्नो देशको रोड म्याप २०२१ – २०३० तयार गरि त्यसैको आधारमा २०२१ – २०२५को कुष्ठरोग निवारण रणनिती तयार गरेको छ । यस रणनितीले पनि बिश्वस्वास्थ्य संगठनको सेरोफेरोमा ध्येय, उद्देश्य तथा लक्ष्यहरु निर्धारण गरेको छ । यदि निर्धारित लक्ष्य प्राप्त गर्न सकेमा कुष्ठरोगी÷प्रभाबितहरुको आत्म सम्मानमा समेत टेवा पुग्ने छ र त्यस पछिको लगानी भनेको अपाङ्गता भएका र आर्थिक रुपले पछाडि परेका प्रभाबितहरुलाई आर्थिक तथा सामाजिक पुर्नस्थापनामा ध्यान केन्द्रत गर्न सकिने छ ।
हामि ६९औ बिश्व कुष्ठरोग दिबसको संघारमा आईपुग्दा सन् २०२१ – २०२५ रणनिती अनुसारनै शुन्य कुष्ठरोगको लागि हाम्रो प्रतिबद्धता, आत्म सम्मानको लागि एक्यबद्धता भन्ने मुल नाराका साथ भब्य संग मनाई रहेको छौ । यसै परिप्रेक्षमा नेपालले जसरी सून्य लेप्रोसी भनेर लक्ष्य सहित अगाडि बढेको छ के समुदायबाट उपचारको लागि दर्ता नभएका कुष्ठरोगीहरुलाई दर्ता गरि उपचारको दायरामा ल्याउने अचुक उपायहरु छन् ? रणनिती अनुसारनै कार्यक्रम कार्यान्वयन गर्न नेपालको निर्वाचित पदाधिकारीहरुले राजनैतिक प्रतिबद्धता तथा उदारता देखाउन सक्छन् ? रणनिती अनुसारनै कार्यक्रम कार्यान्वयन गर्न नेपालको स्वास्थ संरचना र त्यसमा कार्यरत स्वास्थ्यकर्मिहरुको बलबुताले लक्ष हासिल गर्न सक्ला ? बिध्यमान स्वास्थ्य संरचनामा संघ, प्रदेश तथा स्थानिय स्तरमा कुष्ठरोगको कार्यक्रम कार्यान्वयनमा जिम्मेवारी तथा सकारात्मक भुमिका निर्वाह गर्न सक्ला? यो एउटा महत्वपुर्ण प्रश्न हो । यि तमाम समस्याहरुको निराकरणको लागि तिनै तहमा कुष्ठरोग निवारणको अपनत्व बोध गर्न सक्ने तालिम प्राप्त स्वास्थ्यकर्मिहरुनै पहिलो औजार हो । यि हातहरुलाई परिचालन गर्न निती तथा योजना र त्यसैको अनुपातमा आर्थिक पाटो पनि मत्वपुर्ण छ । यि सबै ब्यबस्थापनकोलागि संघिय, प्रादेशिक तथा स्थानिय तहमा राजनैतिक ब्यक्तित्वहरुको प्रतिबद्धताको आबस्यक छ र सो को लागि जनप्रतिनिधीहरुलाई बोध गराउन संचार कर्मि तथा स्वास्थ्य कर्मिहरुको ठुलो भुमिका रहन्छ ।
मेरो आफ्नो लामो अनुभबले स्वास्थ्य कर्मिहरुको प्रतिबद्धता कुष्ठरोगको कार्यक्रममा हिजो पनि थियो आज पनि छ र भोलि पनि रहन्छ । त्यसै अनुरुप संचार कर्मिहरुले पनि स्वास्थ्य कर्मिको कार्यक्रमलाई आबस्यकता अनुसार साथ र सहयोग दिदै आईरहनु भएको छ । अबको आबस्यकता भनेको कुष्ठरोग निवारणको निती तथा कार्ययोजना अनुसारको कार्यक्रममा स्थानिय, प्रादेशिक तथा संघिय स्तरका निर्वाचित ब्यक्तिहरुबाट राजनैतिक प्रतिबद्धता जाहेर गर्दै स्वास्थ्य कर्मिहरुलाई हौसला प्रदान गर्नु हो ।
(पोखरेल आनन्दबन अस्पतालको ३५ बर्ष कुष्ठरोग सेवाबाट निवृत हुनु भएका हुन । )