डा. शालिकराम धिताल,
नेपालको संबिधान २०७२ को मर्म अनुसार नेपाली नागरिकलाई गुणस्तरीय र सर्बसुलभ स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको महत्वपूर्ण दायित्व हो । संबिधानले उक्त सेवा पाउनु आम नागरिकको मौलिक नैसर्गिक मानव अधिकार हो भनि स्वीकार गरेको छ । यसका लागि स्वास्थ्य सेवाका रोग प्रतिकारात्मक सेवा, स्वास्थ्य पर्बंधनात्मक सेवा, उपचारात्मक सेवा र रोग पुनर्स्थापनात्मक सेवाको माध्यमबाट सेवा प्रदान गर्ने गरिन्छ । समय परिबर्तन र देश विकाससंगै नेपालको स्वास्थ्य सेवामा समेत परिवर्तन आउदै गएको हामी सबैले देखिरहेका छौ । नेपालमा मल्लकाल ( करिब ६०० बर्ष पहिल) देखि नै आधुनिक स्वास्थ्य सेवा प्रणालीको सुरुवात भएको हो । नेपालमा मुलतस् २००७ सालको प्रजातन्त्र पछि जनस्वास्थ्यका कार्यक्रमहरु सुरुवात भै मुलतस् सरुवा रोगहरुको रोकथाममा जोड दिइएको पाईन्छ । त्यस्तै उपचारात्मक सेवालाई नेपालको पहिलो स्वास्थ्य नीति २०४८ पछि परिस्कृत गरि सामान्य देखि बिशिष्टिकरण सेवा सरकारी, निजि र सामुदायिक अस्पतालहरुबाट प्रदान गर्दै आइरहेको छ । सन् २०१५ सालमा सबै उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा पदोन्नति गरि सेवा विस्तार गरियो । त्यस्तै सन् २०१७ सालमा आधारभूत स्वास्थ्य सेवालाई नगरपालिकासम्म विस्तार गरियो जुन दिगो बिकाश सहश्राब्धि लक्ष्य तथा नेपाल सरकारका दिर्घकालिन योजना अनुसार अगाडी बढ्दै गए । अहिलेको विश्व कोरोना कहरको अनुभबबाट नेपालमा पनि स्वास्थ्य पद्धतिमा थप सुधारका कदमहरु चालिएका छन् । जस्तै, हरेक प्रदेशमा सरुवा रोग अस्पताल र नगरपालिकाहरुमा सामुदायिक अस्पताल स्थापना गर्ने कामको सुरुवात भएको छ ।
सन् १९८६ पछि क्यानाडाको ओटावा चार्टर सम्मेलन पछि स्वास्थ्यसेवालाई हेर्ने दृस्टीकोणमा परिवर्तन आयो र स्वास्थ्य प्रबर्धनको कुरा उजागर भै स्वास्थ्यसेवा लाई पर्बन्धनात्मक रुपमा संसारभरी लैजाने र नसर्ने रोग लगायत अन्य ब्यबहार परिवर्तन र जिबन शैली संग सम्बन्धित रोग तथा स्वास्थ्य समस्याहरुको रोकथाममा लाग्ने प्रतिबद्धताहरू भए अनुरुप नेपालले पनि आफ्नो तर्फ बाट केहि सकारात्मक काम गरि तोकिएका लक्ष्य हरु हासिल गरेको छ । तर अझै स्वास्थ्यमा उलेख्य काम गर्न बाँकि नै छ । उक्त ओटावा समेलन को मुख्य लक्ष्य संसार भरका देशको स्वास्थ्य अभ्यास आदानप्रदान गर्न र स्वास्थ्य प्रवर्द्धनको ज्ञान बाँड्न थियो । उक्त सम्मेलनमा तिनीहरूले सन् २००० सम्ममा सबैको लागि स्वास्थ्यको साझा लक्ष्यप्रति आफ्नो व्यक्तिगत तथा सामूहिक प्रतिबद्धता झल्काए। समय को माग संगै नेपालमा पनि स्वास्थ्य सेवा प्रणालीहरुमा परिमार्जन तथा सुधार हुँदै गएको छ। जस्तै, स्थानीय, प्रदेश तथा संघिय तहमा स्वास्थ्यका संरचनाहरुको वृद्धि हुनु, जनशक्तिहरुको उचित ब्यबस्थापन गर्नु, भर्करै मात्र सुदुरपक्षिम प्रदेशमा स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना गर्नु इत्यादि आफैमा चुनौतीपूर्ण कामहरु हुन। त्यस्तै १५ औं राष्ट्रिय योजनामा समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना गरिएको छ। यसलाई सम्बोधन गर्न सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा सुनिश्चित गर्न दीर्घकालीन राष्ट्रिय रणनीतिहरूको कार्यन्वयन गर्न आफैमा अर्को चुनौतीपूर्ण काम छ। यी चुनौतीका बाबजुत पनि स्वास्थ्य सेवामा आमुल परिवर्तन गर्नका लागि सबैले आफ्नो आफ्नो तर्फ बाट सक्रिय भूमिका निर्भाह गर्नु अति आवस्यक छ।
स्वास्थ्य सचेतना मानब मात्रको सभ्यताको प्रतिक हो। दिर्घ जिबन सुस्वास्थ्य र निरोगी हुनु उसको उच्चतम इच्छा र कल्पना हो। निरोगिता हासिल गर्न स्वास्थ्य संदेश को माध्यम बाट हरेक नागरिक लाई सचेतना गर्नु जरुरी छ। यसै सन्धर्भमा नेपालमा हरेक बर्ष २०५४ साल देखि राष्ट्रिय स्वास्थ्य सेवा दिवस मनाउदै आइरहेको छ।
यो दिवस नेपालको स्वास्थ्य ऐनको मर्मलाई प्रतिबिम्ब गर्छ। यस वर्ष नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका निकायहरुले ूगुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिबद्धताू भन्ने नाराका साथ राष्ट्रिय स्वास्थ्य सेवा दिवस यहि फाल्गुन १५ गते स्थानीय, प्रदेश र संघ स्तरमा विभिन्न कार्यक्रमका साथ मनाइदै छ। यो दिवसको मुख्य औचित्यता भनेको स्वास्थ्य सेवामा गुणस्तरता ल्याउनका लागि सबैलाई एकपटक गम्भीर भएर सोच्न बाध्य बनाउन उत्प्रेरित गर्न सक्छ र तब मात्र आम नागरिकको स्वास्थ्य मा सकारात्मक रुपमा परिवर्तन ल्याउन सकिन्छ। त्यसका लागि सबै स्वास्थ्यकर्मीहरुको प्रतिबद्दता हुनु जरुरी छ। नागरिक तहबाट पनि असल स्वास्थ्य प्राप्तिका लागि जिम्मेवार बोध हुनु पर्छ भन्ने कुराको यसले महत्व राख्दछ। दिवस औपचारिक समारोह मात्र नभई यसले समुदायिक गतिविधी गरि स्वास्थ्य सचेतना बढाउने कार्यमा टेवा पुर्याउछ । दिवसको दिनको औपचारिक मन्त्यब्य र शुभकामना संदेशले बाँकि ३६४ दिन बिर्साउने आरोप पनि लाग्ने गर्छ तर हामी सबैले १ दिनको दिवस लाई आधार मानि बाँकि दिनहरु लाई समेत एक शुभ कार्य गर्ने दिनका रुपमा ग्रहण गर्नु पर्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायहरु ले स्वास्थ्य सेवा दिवसलाई संस्थागत पर्बको रुपमा राष्ट्रिय स्वास्थ्य सेवा दिवस मनाई आम नागरिक माझ स्वास्थ्य सेवाको बिश्वास जित्नु अहिलेको चुनौती हुन सक्छ।
स्वास्थ्य सेवामा उत्तम कर्मचारी, संघसंस्था, क्लब, स्वास्थ्य आमा समूह तथा अन्य सहयोगी मनहरुलाई प्रोत्साहन गरि दिवसको गरिमा बढाई प्रेरित गर्ने गर्नाले झन् काम गर्ने मनोबल बढ्न जान्छ । बिगतमा गरिएका कामहरुको समिक्षा गरी, आगामी दिनहरुमा गर्ने सुधारका काम हरुको बिषयमा छलफल गरि संदेश प्रभाह गर्नु पर्छ।
अन्त्यमा यस बर्षको राष्ट्रिय स्वास्थ्य सेवा दिवसको मूल नारा गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिबद्धताूभन्ने कुरालाई आत्मा साथ गरि स्वास्थ्य सेवा दिवसबाट प्राप्त सूचना, संदेश र नाराको मर्म अनुसार आगाडी बढ्नुको महत्व समय सान्दर्भिक हुन्छ।
लेखक राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका स्वास्थ्य क्षिक्षा अधिकृत हुन