हेल्थ टुडे,
काठमाडौं, १४ फागुन : स्वास्थ्यका लागि महिलाले पनि व्यायाम र शिक्षाका ध्यान दिनु पर्ने सरोकारवालाहरुले बताएका छन् । ११२ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा व्यायाम, स्वास्थ्य शिक्षा संस्था, नेपालले शनिबार राजधानीको सिद्धार्थ कटेजमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले महिला स्वस्थ्य भए मात्र परिवार र समाज स्वस्थ्य हुनु भएकाले महिलाको स्वास्थ्यलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएका हुन् ।
व्यायाम, स्वास्थ्य शिक्षा संस्था, नेपालकी अध्यक्ष समेत रहेकी एलाइभ फिटनेश सेन्टरकी संस्थापिका एवं फिटनेश प्रशिक्षक देबिका राईले स्वस्थ्य रहन महिलाले पनि व्यायाम र स्वास्थ्य शिक्षामा ध्यान दिनु पर्ने आवश्यकता औल्याइन् । महिलाहरुको स्वास्थ्य अधिकार रक्षा र जिवनस्तरमा सुधार ल्याउने उद्देश्यका साथ आफुहरुले व्यायाम, स्वास्थ्य शिक्षा संस्था, नेपाल संस्था स्थापना गरेको बताउदै संस्थाले महिलाको सर्वोपरि विकासलाई ध्यानमा राखेर समाजिक काम अगाडि बढाउन थालेको बताइन् ।
काठमाडौं महानगरिपालिका वातावरण साखाकी प्रमुख सरीता राईले बढी जसो महिला गृहिणी भएकाले उनीहरुले चाहेर पनि शारिरीक अध्यान गर्न नभ्याउने भएकाले महिलामा स्वास्थ्य समस्या बढ्ने गरेको पाइएको बताउदै त्यसका लागि व्यायाममा ध्यान दिनु आवश्यक रहेको बताइन । महिलाको सर्बोतम विकासका लागि स्वास्थ्य एक महत्वपूर्ण हिस्सा भएकाले संस्थाले महिलाको स्वास्थ्य सुधारमा भूमिका खेल्ने विश्वास राईले व्यक्त गरिन । महिला अधिकारकर्मी सुरक्षा आचार्यले नसर्ने रोग बढ्दै जानुमा व्यायामको कमि पनि भएको बताउदै यसमा सबैको ध्यान पुग्नु पर्ने बताइन । हेल्थ टुडेका सम्पादक पदमराज जोशीले महिलामा स्वास्थ्य सूचनाको अभाव भएकोले सरकारले निशुल्क उपलब्ध गराएका स्वास्थ्य सेवाहरुबाट समेत महिला बन्चित हुनु परेको बताउदै स्वास्थ्य सूचनामा पहूच बढाउनु सबै लागिपर्नु पर्ने बताए ।
व्यायाम, स्वास्थ्य शिक्षा संस्था, नेपालकी कोषाध्यक्ष उमा बुढाथोकीले संस्थाले स्वास्थ्य शिक्षाका अलावा भविश्यमा महिलाको शिप विकास र दक्षता अभिवृदिमा भूमिका खेल्ने बताउदै सबैको सहकार्यले संस्थाको उद्देश्य प्राप्त हुने विश्वास व्यक्त गरिन । कार्यक्रममा विभिन्न पेसा र व्यवसायमा संलग्न व्यक्तिहरुले नारी अधिकारका बिषयमा आफ्नो धारणा व्यक्त गरेका थिए । मेडिटेसनबाट सुरु भएको कार्यक्रममा सुवेक्षा गौतमले नृत्य र अस्मिता गौतमले गीत प्रस्तुत गरेकी थिइन । कार्यक्रममा विभिन्न पेशा र व्यवसायमा संलग्न महिला अधिकारकर्मीको उपस्थिति थियो ।