• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 27th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. चन्द्रमणी नेतृत्वको टोलीले नेपालमै पहिलो पटक गर्यो शल्यक्रिया विना मुटुको भल्भ प्रत्यारोपण

March 4th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. चन्द्रमणी नेतृत्वको टोलीले नेपालमै पहिलो पटक गर्यो शल्यक्रिया विना मुटुको भल्भ प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौँ, २० फागुन  : नेपालमै पहिलो पटक शहिद गंगालाल हृदय केन्द्रमा शल्यक्रिया विना नै मुटुको भल्भ प्रत्यारोपण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी नेतृत्वको टोलीले यही फागुन १६ गते नेपालमै पहिलो पटक यस प्रकारको भल्भ प्रत्यारोपण गरेको हो । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले शुक्रबार पत्रकार सम्मेलन मार्फत पहिलो पटक ८१ बर्षिय महिलामा पहिलो पटक शल्यक्रिया विना नै मुटुको भल्भ प्रत्यारोपण गरिएको जानकारी दिएका हुन । पत्रकार सम्मेलनमा निर्देशक डा अधिकारीले ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट ८१ वर्षीया महिलाको सफलतापूर्वक मुटुको भल्भ प्रत्यारोपण गरिएको बताए । भल्भ प्रत्यारोपण गरिएकी महिला आजै अस्पतालबाट डिस्चार्ज गरिसकिएको र उनको स्वास्थ्य अवस्था समान्य रहेको डा. अधिकारीले जानकारी दिए । यो प्रत्यारोपणमा भारतको चेन्नई स्थित एपोलो अस्पतालका विज्ञ चिकित्सकको प्राविधिक सहयोग रहेको केन्द्रले जनाएको छ । यस किसिममा शल्यक्रया गर्दा नेपालमा कम्तिमा पनि २० देखि २५ लाख रुपैया खर्च हुने र यो भारतको तुलनामा आधा कम भएको डा. अधिकारीको दावी छ ।

‘के हो टीएभीआई विधि ?
डा अधिकारीका अनुसार शल्यक्रियाविना नै मुटुको भल्भ फेर्ने टीएभीआई विधिमा तिघ्राको धमनी अर्थात फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्भ मुटुभित्र छिराईन्छ र रोग भएको एओर्टिक भल्भको स्थानमा प्रत्यारोपण गरिन्छ । यसरी प्रत्यारोपण गरेको भल्भले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई छिटो आराम महसुस हुन्छ । बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा जटिलताको सम्भावना कम हुने र बिरामीलाई छिटो डिस्चार्ज गर्न सकिने हुन्छ,’ उनले भने, ।

शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको डा. अधिकारीले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चितवनमा बैसाख ९ देखि ११ सम्म हुने ‘नेपाल फर्मा एक्स्पो–२०२२’ मा १६० वटा औषधि उद्योग सहभागी हुने
Next article मिर्गौला दिवसमा फुटबल : चिकित्सक र मिर्गौला प्रत्यारोपित टोली बराबरीमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 25th 12:30 PM
समाचार

अर्कैको सर्टिपिकेट झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2316
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

9
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web