• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला दिवसमा फुटबल : चिकित्सक र मिर्गौला प्रत्यारोपित टोली बराबरीमा

March 10th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला दिवसमा फुटबल :  चिकित्सक र मिर्गौला प्रत्यारोपित टोली बराबरीमा

हेल्थ टुडे,

काठमाडौँ, २६ फागुन : विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजना गरिएको चिकित्सक र मिर्गौला प्रत्यारोपित बिच भएको मैत्रीपूर्ण फुटबलमा दुबै टोलीले ३ – ३ गोलको बराबरी गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजना तथा अंग प्रत्यारोपण समाज नेपाल र स्वास्थ्य अभियान नेपालको सह आयोजनामा भएको खेलामा चिकित्सक पक्षको टीममा स्वास्थ्य मन्त्री विरोध खतिवडा र शहरी विकास मन्त्री रामकुमारी झाक्री सहित चिकित्सक, कलाकार र पत्रकार सहभागी थिए भने प्रत्यारोपितको नेतृत्व झमक श्रेष्ठले गरेका थिए ।

विश्व मिर्गौला दिवसको अवसरमा आज दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा दुबै टोलीले आक्रामक सुरुवात गरेका थिए । यद्धपी निर्धारित ९० को समयमा तीन तीन गोल भई बराबरीमा रोकिएको थियो । खेलमा पूर्व मुख्य सचिव लिलामणि पौडेल, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ सहित बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायत सहभागि थिए ।

केन्द्रले हरेक वर्ष यस किसिमको फुटबल आयोजना गर्दै आइरहेको छ । प्रत्यारोपण गरेका व्यक्तिले पनि अरु व्यक्ति सरह जिवन यापन गर्न सक्छन भन्ने उत्प्रेरणा प्रदान गर्न खेल प्रतियोगिता आयोजना गर्ने गरिएको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । फुटवल लगत्तै रंगशालाकै कभर्ड हलमा मिर्गौलाबारे अन्तरक्रिया कार्यक्रम कार्यक्रम राखिएको थियो । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी  खापुङले   खानपान जीवनशैलीका कारण मिर्गौला रोगको समस्या नियन्त्रणमा आउन नसकेको भन्दै यस तर्फ अब सबैको ध्यान जानुपर्ने बताए । उनले सरकारले मिर्गौलाका बिरामीका लागि आर्थिक तथा कानूनी रुपबाट सहयोग नै गरेको भन्दै थप आवश्यकता परेका कुराहरुलाई थप छलफलबाट टुंग्याउन सकिने बताए ।

कार्यक्रममा प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले मिर्गौला उपचारमा सरकारको राम्रो सहयोग भएको भन्दै प्रशंसा गरे । उनले मिर्गौलाका बिरामीका लागि डायलासिस र प्रत्यारोपण निशुल्क गरिएको भन्दै डायलासिसका लागि लागि प्रत्येक वर्ष एक जना व्यक्तिका लागि साढे २ लाख रुपैयाँ र प्रत्यारोपणमा ५ लाख रुपैयाँ सरकारले खर्च गर्ने बताए । अंगदानका बिषयमा अझै चेतना बिस्तार हुन नसकेको बताउदै यसमा सबैको सहयोग हुनु पर्नेमा जोड दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला उपचारमा आशलाग्दा उपलब्धि
Next article देउवा सरकारको अंगदानमा ऐतिहासिक निर्णय : प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दान गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz